पाकिस्तानका ब्याटर शोएब मक्सूद जनकपुर बोल्ट्समा भए अनुबन्ध

सोमबार, कात्तिक २६, २०८१
दंगीशरण गाउँपालिका

काठमाडाै - पाकिस्तानका ब्याटर शोएब मक्सूदले जनकपुर बोल्ट्सबाट पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । ३७ वर्षीय ब्याटर मक्सूदलाई पाँचौं विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको जनकपुरले जनाएको छ ।

बबइ गाउँपालिका

मक्सूदले पाकिस्तानका लागि २९ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट र २६ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । यस्तै उनले १ सय ७० टी–२० क्रिकेटमा तीन हजार नौ सय २८ रन बनाएका छन् ।

जनकपुर बोल्ट्सले यसअघि श्रीलङ्काली मूलका अमेरिकी क्रिकेटर लाहिरु मिलन्था, पाकिस्तानकै मुहम्मद मोहसिन, अमेरिकाका जोशुआ ट्रोम्प र न्युजिल्यान्डका जेम्स नीशमलाई अनुबन्ध गरेको थियो ।

जनकपुरको मार्की खेलाडी राष्ट्रिय टोलीका विकेटकीपर ब्याटर आसिफ शेख छन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायके छन् । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा आठ वटा टोली सहभागी हुने एनपीएलको पहिलो संस्करण आउँदो मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म हुँदैछ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १६:३२
प्रतिक्रिया दिनुहोस्