जाजरकोटमा फोर्स गाडी दुर्घटना हुँदा २८ घाइते, ४ गम्भीर

सोमबार, कात्तिक २६, २०८१
दंगीशरण गाउँपालिका

जाजरकोट - जाजरकोट जिल्लाकाे भेरी नगरपालिका–७ स्याउली बजारबाट नेपालगन्जका लागि छुटेको फोर्स गाडी मध्यपहाडी लोकमार्गअन्तर्गत भेरी नगरपालिका–१३ कुदु जिरो प्वाइन्टनजिक दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

बबइ गाउँपालिका

स्याउली बजारबाट यात्रु लिएर नेपालगन्जतर्फ जाँदै गरेको बा ५ ख १८९२ नम्बरको फोर्स गाडी दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिनेश तिमिल्सेनाका अनुसार जगतीपुर प्रहरीले चेकजाँच गर्ने क्रममा १० जना महिला ७ जना पुरुष र ५ जना बालबालिका सहित २१ जना ईन्ट्री गराएको बिचबाटोमा केही यात्रु थपेको प्रहरीको अनुमान छ ।

उहाँका अनुसार गाडीमा सवार ४ जनाको अवस्था गम्भीर रहेको छ । बाँकी घाइतेलाई सामान्य चोट लागेको छ । घाइतेको स्वास्थ्य चौकी कुदुमा प्राथमिक उपचारपछि थप उपचारका लागि जाजरकोट अस्पतालमा ल्याइएको छ । मोडमा गाडी अनियन्त्रित भई सडकदेखि करिब ६० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्