आज राशिफल

आज २०८१ साल कात्तिक २२ गते बिहीबारको राशिफल

बिहीबार, कात्तिक २२, २०८१
दंगीशरण गाउँपालिका

दाङ - आज २०८१ साल कात्तिक २२ गते बिहीबार तदनुसार सन् २०२४ नोभेम्बर ७ तारिख। कात्तिक शुक्ल पक्षको षष्ठी तिथि। छठ पर्व। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः  कात्र्तिक शुक्लपक्ष षष्ठी तिथि पूर्वाषाढा नक्षत्र
नेपालमा सूर्योदय ६ः२० सूर्यास्त ५ः१४

बबइ गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आफन्तको सहयोगले आत्मा विश्वास बढने देखिन्छ । बिगतमा रोकिएको काम बन्नेछ । आफनो दैनिक कार्यमा सफलता  मिल्ने समय छ ।

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
सहयोग गर्नेहरु बाट घात हुनेछ । व्यावसायिक खर्चको समय रहेको देखिन्छ । समाजिक कार्यमा बढि समय  दिनु पर्नेछ । समयले अलमलमा पार्नेछ ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
घरेलु कार्यमा  समय बढि बिताउनु पर्नेछ । शैक्षिक क्षेत्रमा प्राप्त मात्रामा समय दिन नसकिएला । बिगतका समस्याले अप्ठेरोमा पार्नेछ ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
यात्रामा केहि वस्तु हराउन सक्ने देखिन्छ । व्यापारमा फाईदा  रहनेछ । प्रेमिप्रेमिका तथा दाम्पत्य जीवनमा  सफलता  रहनेछ ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
भौतिक  सामागी्र जोडने समय रहेको देखिन्छ । यात्रामय समय आउन सक्छ । जिद्धि गर्ने बानीले दुख पाईला । प्रतिष्पर्धा बाट स्थापित रहने समय छ ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
अप्ठरो पस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ । पढाई लेखाईमा समय दिन नसकिएला । आफन्तको  साथ सहयोगले कार्यहरु वन्ने छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
आर्थिक क्षेत्रमा केहि विवाद रहनेछ । जोश जाँगर नलगाउदा प्राप्त अवसर गुमाउने समय रहेको देखिन्छ । आफन्तमा केहि समस्या आउने छ ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
बिभिन्न उपहार प्राप्त रहनेछ । रोकिएका कामहरु वन्नेछन ।नँया कार्यको थालनी हुनेछ । गरिएको कार्यको उचित फल प्राप्त रहनेछ ।
 
धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
वोल्दा सावधानी रहनु होला । वोलिको फरक अर्थ लाग्नेछ । आफन्त टाढिने समय रहेको देखिन्छ । आर्थिक अभावले कार्यमा समस्या रहला ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
प्रेम तथा मित्रतामा सफलता रहला । परिवारमा सम्वन्ध कार्यम रहला । स्वादिष्ठ भोजनको आनन्द मिल्नेछ । प्रतिष्ठा,मान,सम्मानमा बृद्धि रहला  ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
सानो कार्यमा ठुलो प्रयास गर्नु पर्नेछ । खर्च बढि फाईदा कम मात्रामा  रहनेछ । समयमा सचेत नभएमा काममा ढिलाई रहने देखिन्छ  ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पैत्तिक सम्पत्तिको प्रयोग बाट सफलता रहनेछ  । नविन ज्ञान प्राप्त रहने समय देखिन्छ । शैक्षिक क्षेत्रमा सफलता रहनेछ  । समय उत्सामय रहेको छ ।                      

 

वास्तु ज्ञान - भवन वा घरको मुख्य द्धारमा जोडि माछाको चित्रलाई राख्नु राम्रो मानिन्छ ।
जोडि माछा लाई साँचो प्रेमको प्रतीक मानिएको छ । पौराणिक मान्यता अनुसार पनि माछा लाई विष्णु भगवानको अवतारको रुपमा मानिएको छ । यसलाई कामदेवको ध्वजाको प्रतिक पनि मानिएको छ । यसरी भवन वा घरको मुख्य द्धारमा माछाको चित्रलाई राख्नु राम्रो मानिन्छ ।

 

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्