जनताले फेरि माओवादी नेतृत्वको सरकार चाहेका छन् : अध्यक्ष प्रचण्ड

बिहीबार, कात्तिक १५, २०८१
दंगीशरण गाउँपालिका

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले फेरि माओवादीको नेतृत्वमा सरकार बनेको हेर्न चाहेको दावी गर्नुभयो

बबइ गाउँपालिका

बिहीवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै यहाँले यस्तो दावी गर्नुभयो।

प्रचण्डले भन्नु भयो‚ ‘अब नेपालको भरोसा तपाईंमा मात्रै छ, अब आशा गर्ने हामीले तपाईंसँग मात्रै हो भन्न थाल्नुभएको छ। यो ठूलो जिम्मेवारीको कुरा हो। जनताले फेरि एकपटक माओवादीलाई हेर्न खोजेको छ। फेरि माओवादीको नेतृत्वमा एकपटक सरकार बनोस् भनेका छन्।’

उहाँले सामाजिक न्याय र आर्थिक समस्या समाधानका लागि जनताको पक्षमा काम गरेकै कारण पुराना र ठूला पार्टीहरूले भ्रष्टाचारी बचाउन आफूलाई सत्ताच्युत गरेको आरोप पनि लगाउनु भयो।

यो समयलाई उहाँले आफूले गरेका काम जनतालाई राम्ररी बुझाउने अवसरका रूपमा लिएको बताए। आफूलाई जनताले अहिले धेरै नै माया गरेको महसुस हुने गरेको बताउनु भयो।

विपक्षमा हुँदा जनताका सामु जाने अवसर पाएको बताउँदै उनले देशभरका जनताले देश र जनतालाई माया गर्ने, जनताको मुक्ति र सुविधाका निम्ति संघर्ष गर्ने पार्टी माओवादी नै रहेछ भन्ने गरेको बताए। सामान्य जनता‚ कलाकार र बुद्धिजीवीहरूले पनि माओवादी जनताको पार्टी भएको र देशले भरोसा माओवादीप्रति भएको उहाँको कथन छ।  

उहाँले, ‘हामीले भ्रष्टाचारविरोधी र जनताको पक्षमा काम गरेकै कारण पुराना र ठूला पार्टीहरूले भ्रष्टाचारी बचाउनकै लागि तथाकथित संख्याको बलमा हामीलाई बाहिर जान बाध्य पारे। यसमा हामीले दुःख मनाउ गरेका छैनौँ।’

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  २०:२०
प्रतिक्रिया दिनुहोस्