सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - दाङको बङ्गलाचुली गाउँपालिका वार्ड नं -३ स्थित बचनी-गोगनपानी लिफ्ट खानेपानी आयोजनाको आज परिक्षण उद्घाटन गरिएको छ। बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनमगर, पालिकाका प्रवक्ता एवं वडा नं ३ का अध्यक्ष शोभाराज विश्वकर्मा, खानेपानी उपभोक्ता समितिका अध्यक्ष सुस्मिता आले, स्थानीय अगुवा ऋषि विश्वकर्मा, लोकबहादुर विश्वकर्मा लगायतको उपस्थितिमा खानेपानी आयोजनाको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष तुलसीराम पुनमगरले स्थानीयवासीलाई खानेपानीको सहज पहुँचले जीवनस्तरमा सुधार ल्याउने बताउनुभयो । उहाँले खानेपानी योजना सम्पन्न भएपछी बचनी गाउँका स्थानियले वर्षौँदेखि झेल्दै आएको खानेपानीको समस्यालाई हलगर्ने बाताउनुभयो । यो योजनाले गाउँपालिकाको एकघर एकधारा कार्यक्रमलाई सार्थक दिन मद्दत पुग्ने बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै गाउँपलिकाका प्रवक्ता एवं वडा नम्वर ३ का अध्यक्ष शोभाराज विश्वकर्माले बचनी गाउँका जनतालाई सहजरुपमा पिउनेपानी उपलब्ध गराउने आफ्नो योजना अब साकार हुने बताउनुभयो ।उहाँले बचनी गाउँले भोक्दै आएको खानेपानीको समस्या केही हदसम्म समाधान हुने बताउनुभयो ।
बंगलाचुली गाउँपालिकाको २२ लाख ५० हजार र समाज विकास संजालको १३ लाख गरी जम्मा ३५ लाख ५० हजारमा आयोजना सम्पन्न भएको हो । यो खानेपानी आयोजना बाट बंगलाचुली गाउँपालिका वडा नम्वर ३ का ५० घरधुरी प्रत्येक्ष लाभान्वित हुने छन् ।