तुलसीपुर मेट्रो कलेजका विद्यार्थीहरुले गड्यौले मल उत्पादन गर्दै

आइतबार, कात्तिक ११, २०८१
दंगीशरण गाउँपालिका

दाङ - दाङको तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीहरुले गड्यौले मन उत्पादनको सुरुवात गरेका छन् । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले उत्पादन गर्ने तरकारी,फलफुल र अन्य बालीका लागि उपयोग गर्ने उद्देश्यले उनीहरुले गड्यौले मलको उत्पादन गर्न थालेका हुन् ।

बबइ गाउँपालिका

माटोका लागि उपयुक्त हुनुका साथै आफ्नै ठाउँमा उत्पादन हुने भएकाले यसतर्फ विद्यार्थीहरुलाई अग्रसर बनाइएको बाली विज्ञानका प्रशिक्षक समर्पण आचार्यले बताए । उनले भने, ‘गड्यौला मल सस्तो हुन्छ,उत्पादन बढाउँछ,जग्गाको माटो बिग्रिदैन त्यसैले गड्यौला मलको प्रयोग बढेको छ ।’

सुरुवातमा विद्यार्थीहरुले ५ किलो गड्यौला राखेर मल उत्पादनको थालनी गरेका हुन् । ‘रासायनिक मलले उत्पादन पनि घटाउने, महंगो पनि हुने, मल अभाव पनि हुने भएकाले गड्यौला मल उत्पादन गर्न थालेका हौ । विद्यार्थी संगिता न्यौपानेले बताइन् । विद्यालयमा बाली विज्ञान र बन विज्ञान अध्ययनरत विद्यार्थीहरुले सामुहिकरुपमा गड्यौला खेतीको सूरवात गरेका हुन् ।

गड्यौला खेती गर्नका लागि तालिम र आवश्यक सामग्रीको व्यवस्थापन ग्रीन फाउन्डेशन नेपालले गरेको हो । हाललाई विद्यार्थीहरुले आफुले लगाएको बालीनालीमा प्रयोग गरेपनि विस्तारै व्यावसायिकरुपमा नै उत्पादन थालिने कार्यक्रम संयोजक कल्पना वलीले बताइन् । गड्यौला मल उत्पादनलाई गाउँ गाउसम्म पुर्याउनका लागि विद्यार्थीहरुलाई परिचालन गरिने कलेज प्रमुख बसन्त आचार्यले जानकारी दिनुभयो । साभार दाङलाइभ

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्