साफ महिला च्याम्पियनसिप

साफ महिला च्याम्पियनसिप : भुटानलाई ७–१ गोलले हराउदै बङ्गलादेश फाइनलमा

आइतबार, कात्तिक ११, २०८१
दंगीशरण गाउँपालिका

 काठमाडौँ -  साविक विजेता बङ्गलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

बबइ गाउँपालिका

दशरथ रङ्गशालामा आइतबार भएको सेमिफाइनल खेलमा बङ्गलादेशले भुटानलाई ७–१ गोलले हरायो । बङ्गलादेशको जितमा तोहुरा खातुनले ह्याट्रिक गर्नुभयो ।

कप्तान सविना खातुनले दुई तथा रितु चक्मा र सेउली अजिमले एक गोल गर्नुभयो । भुटानका लागि डेकि ल्हाजोमले सान्त्वना गोल फर्काउनुभयो ।

बङ्गलादेश समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो । भुटान समूह ‘बी’ को उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो । फाइनलमा बङ्गलादेशले नेपाल र भारतबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र भारतको सेमिफाइनल खेल आजै साँझ ६स्३० बजे हुनेछ । नेपाल  समूह ‘बी’ को विजेता र भारत  ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । साभार गोरखापत्र अनलाइन

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्