कपिलवस्तुमा  चार केजी चरेससहित एक महिला पक्राउ

आइतबार, माघ २१, २०८०

  कपिलवस्तु - कपिलवस्तुमा ४ केजी ६४६ ग्राम लागुऔषध चरेससहित एक महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यालय कृष्णनगरले कृष्णनगर नगरपालिका –२ बाट ३८ वर्षीया वासु घर्तीलाई पक्राउ गरेको हो ।

बंगलाचुली गाउँपालिका

प्यूठान गौमुखी गाउँपालिका –३ कि घर्तीले रुकुमपूर्वबाट भारततर्फ लागुऔषध ओसारपसार गर्न लागेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले बताउनुभयो । 

कृष्णनगरका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा झोलामा पोको पारी राखेको ९९० पोका चरेस बरामद गरेको छ ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्