सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - दाङमा कुवामा डुबेको अबस्थामा एक मृत फेला परेका छन् ।
आइतबार विहान पौने ७ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं। २ कुमलगडी निवासी २९ बर्षीय रजमान चौधरीको कुवामा डुबेर मृत्यु भएको हो ।
आफ्नै घरको कुवामा डुबेको अबस्थामा चौधरी मृत फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताए । चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा कुवामा डुबेको अबस्थामा देखेपछि प्रहरीलाई खर गरेकी थिइन् । त्यसपछि प्रहरीले उनको शव निकालेको थियो ।
चौधरी ३० कात्तिकमै घरबाट निस्केका थिए । त्यसपछि उनी सम्पर्क विहीन थिए । प्रहरीका अनुसार उनी मादक पदार्थ खाने गर्थे ।घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । साभार : दाङ लाइभ