मलेसियाले न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित

आइतबार, कात्तिक ४, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ - मलेसियाले आफ्नो नागरिकसरह विदेशी श्रमिकका लागि न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित भएका छन् । नेपालको मुख्य श्रम गन्तव्य देश मलेसियाले श्रमिकको न्यूनतम तलब १५ सय रिङ्गिटबाट बढाएर १७ सय रिङ्गिट अर्थात् झन्डै ५३ हजार रुपैयाँ निर्धारण गरेको छ । यो तलबमान आउँदो फेब्रुअरी १ अर्थात् माघको १९ गतेदेखि कार्यान्वयनमा आउनेछ । बढेको तलब घरेलु श्रमिकबाहेक सबै क्षेत्रमा लागू हुने मलेसियाको सरकारले जनाएको छ ।मलेसियामा झन्डै चार लाख नेपाली कार्यरत रहेको सरकारी तथ्याङ्क छ । आर्थिक वर्ष २०७९र८० मा झन्डै दुई लाख २० हजार नेपाली युवा नयाँ श्रम स्वीकृति लिएर मलेसिया गएकामा आर्थिक वर्ष २०८०र८१ देखि औपचारिक क्षेत्रमा विदेशी कामदार भर्ना पूर्णरूपमा बन्द गर्ने निर्णय गरेपछि यो सङ्ख्या घटेर ८१ हजार तीन सय ८२ मा झरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

श्रम आप्रवासन प्रतिवेदन २०२२ अनुसार मलेसियासहित खाडी सहयोग परिषद् ९जीसीसी० का बहराइन, कुवेत, ओमान, कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स ९यूएई० नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य हुन् । १० वर्षअघिदेखि यी सात देशले वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका लागि ८० प्रतिशतभन्दा बढी रोजगारीको अवसर दिँदै आएका छन् । मलेसियाले एक महिनाअघि मात्र विदेशी कामदारका लागि आंशिक रूपमा श्रम बजार खुला गर्दै बगान, गार्मेन्टलगायत केही क्षेत्रमा कोटा तोकेर कामदार लैजाने निर्णय गरेको छ । नेपाली श्रमिक मलेसिया लैजाने प्रक्रिया भने अहिलेलाई बन्द छ । यो प्रक्रिया छिटै खुलाउने तयारी भइरहेको सरकारले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  २२:१८
प्रतिक्रिया दिनुहोस्