नवलपरासीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु २८ जना घाइते

शनिबार, कात्तिक ३, २०८१
दंगीशरण गाउँपालिका

नवलपरासी -  नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् ।

बबइ गाउँपालिका

 कावासोती–१ बालुवाडाँडाको भित्री सडकखण्डमा बुलिङटारबाट कावासोतीका लागि छुटेको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी जेसी शाहले  जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएकाको नवलपुर अस्पताल र मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । क्षमताभन्दा धेरै यात्रु बोकेकाले जीप दुर्घटना भएको प्रहरीको अनुमान छ । दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १५:५२
प्रतिक्रिया दिनुहोस्