माओवादी केन्द्रको संसदीय दलको आज बैठक बस्दै

आइतबार, माघ २१, २०८०

काठमाडौँ - सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक बस्दै छ । बैठक आज बिहान ८ बजे सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बस्ने पार्टी कार्यालयले जानकारी दिएको छ ।

बंगलाचुली गाउँपालिका

बैठकमा संसद्को हिउँदे अधिवेशनका सम्बन्धमा सांसदहरूलाई प्रभावकारी बनाउन प्रशिक्षण एवं अधिवेशनमा प्रस्तुत हुने विधेयकका बारेमा छलफल गरिने पार्टी सचिवालयले जानकारी दिएको छ । 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०८:३३
प्रतिक्रिया दिनुहोस्