सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - आज २०८१ साल कात्तिक १ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर १७ तारिख। आश्मिन शुक्ल पक्षको पूर्णिमा तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः आश्विन शुक्लपक्ष पुर्णिमा तिथि उत्तराभाद्रपदा नक्षत्र नेपालमा सूर्योदय ६ः६ सूर्यास्त ५ः३१
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) समस्या लाई चिदै जानु होला । आफनै कमी कमजोरीले गर्दा कार्यमा बाधा रहला । खर्चमा बृद्धि रहनेछ । अवसर लाई चिनेर अगाडि बढनु होला । वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो) थालिको काम बाट लाभ उठाउन सकिन्छ । कामको लागि चाहिएको सामागी्रहरु उपलब्ध हुनेछन । सोचेको कार्यमा सफलता रहने छ ।
मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) व्यापार व्यवसाय गरेकाहरु लाई सफलता रहनेछ । सामाजिक क्षेत्रमा मन जानेछ । जग्गा,जमिन,भूमि बाट सफलता रहनेछ । प्रतिष्ठामय समय छ ।
कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो) व्यापार व्यवसायमा खर्चमा बृद्धिको योग रहनेछ ।सहयोग गछु भन्ने बाट समस्या रहला । स्वास्थ्य समस्याले केहि कार्य सम्पादनमा समस्या रहला ।
शिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) विगतका समस्याले सताउने देखिन्छ । अरुको भरमा पर्दा कार्यमा बाधा रहनेछ ।सवारी साधन चलाउदा सावधानी रहनु होला । सोचेको कार्यमा ढिला ।
कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो) प्रेम तथा मित्रताको क्षेत्रमा सफलता रहनेछ । यात्राको समय रहेको देखिन्छ । आर्यआर्जनमा सफलता रहला । घर परिवारको साथ र सहयोग रहनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते) यात्राको समय रहेको देख्रिन्छ । आफनो हठ गर्ने बानीले कार्यमा समस्या रहनेछ । प्रतिस्पर्धामा सफलता रहनेछ । प्रतिष्ठा जोगाउन सकिनेछ ।
वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये) आशा देखाउने बाट समस्या रहनेछ । नयाँ कार्य थालनी गर्नुभन्दा पहिला सोच बिचार गरि अगाडि बढनु होला । अप्ठेरो समय सँग सामना गर्नु पर्ला ।
धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे) अरुको भलाईको कार्यमा समय दिनु पर्नेछ । मातृ पक्ष बाट सफलता रहनेछ । अनाबश्यक बोल्दा समस्या रहनेछ । समय प्रतिकुल रहने देखिन्छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी) मेहनत बढि भए पनि कार्यमा सफलता रहनेछ । बिगतका रोकिएका कार्यहरु बन्नेछन । थालिको कार्यको. उचित लाभ रहनेछ ।
कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द) तपाईको कार्य बाट धेरैलाई फाईदा रहनेछ । आफन्तको कार्यमा साथ र सहयोग रहनेछ । प्रयास बाट कार्यमा सफलता रहनेछ । दैनिक कार्य ठिकै छ ।
मीन(दी,दू,थ,जm,ञ,दे,दो,चा,ची) नयाँ रचनात्मक कार्य गर्ने समय रहेको देखिन्छ । आर्थिक आर्जन गर्ने समय रहेको छ । स्वादिष्ट भोजनको आनन्द प्राप्त गर्ने समय रहेको छ ।
वास्तु ज्ञान - भान्सा घरमा भन्दा अलग कक्षमा भोजन गर्नु राम्रो हुन्छ । कतिपय ठाउँमा भोजन भान्साघरमा नै गरिन्छ, तर भोजन गर्नका लागि एउटा अलग कक्षको व्यवस्था गर्नु राम्रो हुन्छ । हुन त स्थानको अभाव भयो भने भोजन कक्षमा टेबल रुमको एउटा भागमा बनाउने गरिन्छ । टेबल दक्षिण पूर्वमा राख्नुपर्दछ । भोजनालय वा भोजन कक्ष भवनमा पुर्व या पश्चिम दिशामा बनाउनुपर्दछ ।