आजको राशिफल माघ २१ गते आईतवार

आइतबार, माघ २१, २०८०

मेष - चु,चे,चो,ला,लि,लु,ले,लो,अ
समस्याहरु लाई हल गर्ने प्रयास गर्नुहोला । कार्य व्यस्थता बढने समय रहेको देखिन्छ । बिगतमा रोकिएका कामहरु प्रयास गर्दा सफलता रहने समय रहेको छ । तपाईको क्षेत्रमा अरुले दावि गर्ने समय रहेको देखिन्छ । गोपिनियता लाई बिशेष ख्याल गर्नुहोला । अनाबश्यक खर्च बाट बच्नुहोला ।

बंगलाचुली गाउँपालिका

 वृष - इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो
आफन्तमा केहि असमझदारी बढने समय रहेको छ । हतारमा काम गर्दा समस्या आउने समय रहेको छ ।  आफनो जिद्धीपनले गर्दा कार्यमा बाधामय समय रहेको छ । घराँयसि कार्यमा केहि समस्या आउने देखिन्छ । बादबिवादमा नफस्नु राम्रो होला । व्यापार व्यवसायमा मध्ययम रहला ।

मिथुन- क,कि,कु,घ,ङ,छ,के,को,ह
आफनो स्वास्थ्यका लागि खानामा बिशेष ख्याल गर्नुहोला । सोचेको काममा केहि बाधामय समय रहेको देखिन्छ । खर्चमा बृद्धि रहने हुनाले बचत गर्ने प्रयास गर्नुहोला । तपाईको मिहिनत बाट कार्यमा सफलता रहनेछ । आफनो कार्य योजनाहरु लाई गोप्य राखेर अगाडि बढनु होला । आफनो कार्यमा अडिक रहनु होला ।

कर्कट- हि,हु,हे,हो,ठा,डि,डु,डे,डो
यात्राको समय रहेको छ । अग्रज व्यक्तिको सल्लाह सुझाव लाई मनन गर्ने प्रयास गर्नुहोला । लगनशीलता तथा मिहिनतले कार्य सम्पादनमा सहयोग गर्नेछ । प्रतिस्पर्धामा सफलता मिल्ने समय रहेको छ । केहि लाभमय कार्यमा अगाडि बढने दिन रहेको छ । सन्तानपक्षको सहयोग लिने प्रयास गर्नुहोला ।

सिंह - मा,मि,मु,मे,मो,टा,टि,टु,
परिश्रम बढि लागे पनि कार्यमा सफलता नै रहनेछ । पार्टनर कार्यमा केहि बाधा रहने समय रहेको देखिन्छ । हतार गर्दा रोकिएका कामहरु फेरि प्रयास गर्दा बन्नेछन । कृषि कार्यमा लागेका व्यक्तिहरु लाई ठिकै रहनेछ । तपाईको कामको योजनाहरु तत्काल सार्वजनिक नगर्नुहोला । धैर्यता बाट कामहरु बन्नेछ ।

कन्या - टो,प,पी,पू,ष,ण,ठ,पे,पो
तपाईको परिश्रम बाट अरुले फाईदा लिने समय रहेको छ । नयाँ कामको भूमिका खेल्नुपर्ने देखिन्छ । सहयोग गर्छु भन्नेहरु बाट धोकामय समय रहेको छ । स्वास्थ्यमा केहि जटिलता आउनेछ । रोकिएका कामहरु प्रयास बाट बन्ने समय रहेको छ । सामाजिक कार्यमा मन जानेछ । दैनिक कार्यले पूर्णता पाउनेछ ।

तुला - रा,री,रु,रे,रो,ता,ती,तु,ते
सभा समारोहमा सहभागि हुने समय रहेको छ । अध्ययनमा सफलता प्राप्त होला । बिगतमा रोकिएका कामहरु बन्नेछन । तपाईको बोलिको भरमा धेरै कामहरु बन्ने समय रहेको देखिन्छ । मान सम्मान प्राप्त हुने समय रहेको छ । बिगतको परिश्रमको मुल्य उठाउने समय रहेको छ । सहयोगिको साथ प्राप्त होला ।

वृश्चिक - तो,ना,नि,नु,ने,नो,या,यि,ये
पहिलेका गल्ति कमजोरी लाई सुधार गर्ने दिन रहेको छ । नयाँ तथा रचानात्मक कामको थालनी गर्ने समय रहेको छ । रमाईलो भेटघाटमय समय रहेको छ । मिष्ठान भोजनको समय रहेको देखिन्छ । पहिलेका साथीहरु सग भेटघाट हुनेछ । पहिले बाकी रहेको काम बन्नाले उत्साह थप्ने दिन छ ।
 
धनु - य,यो,भा,भी,भू,ध,फा,ढ,भे
आफन्त तथा छरछिमेकिमा केहि असमझदारी बढने समय रहेको छ । नयाँ व्यक्तिको सहयोग बाट कामहरु बन्ने समय छ । खर्चमा बृद्धि रहने समय रहेको छ । बिगतका समस्याहरु हल गर्नको लागि प्रयास गर्दा राम्रो होला । वैदेशिक क्षेत्रमा काम गर्ने वा बिदेश जानेको लागि समय उपयुक्त रहने देखिन्छ ।

 मकर - भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी
घर परिवारका आधारभूत सामाग्री जोडने समय रहेको देखिन्छ । आजको लगानी बाट पछिको लागि फाईदा हुने समय रहेको देखिन्छ । काम गर्दा हतार नगर्नु होला सावधानी भएर अगाडि बढनु होला । तपाईको परिश्रमको फल अरुले लिने प्रयास गर्नेछन । आर्थिक समस्या आउने समय रहेको देखिन्छ ।

कुम्भु - गु,गे,गो,सा,सी,सु,से,सो,द
तपाईको मिहिनतले जिम्मेवारी बहन गर्ने काम प्राप्त हुनेछ । व्यापार व्यवसायमा मध्ययम रहला । सहयोगको आशा देखाउने व्यक्ति बाट धोका रहनेछ । पुखौली सम्पत्तिको प्रयोग बढने छ । आफुलाई फाईदा नहुने कामको जिम्मेवारी लिनु पर्नेछ । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला ।

मीन- दी,दू,थ,झ,ञ,दे,दो,चा,ची
भौत्तिक सामाग्री जोडने समय रहेको देखिन्छ । आफनो मेहनत बाट जीवन शैलीमा रुपान्तरण गर्ने समय रहेको देखिन्छ । व्यापार व्यवसायमा सफलता रहनेछ । भोलिको फाईदाको लागि कार्य आरम्भ गर्ने समय रहेको छ । धार्मिक क्षेत्रमा ठिकै रहला । बिगतमा रोकिएका कामहरु बन्ने समय रहेको छ ।
 
                      वास्तु ज्ञान

घरमालिकको शयनकक्ष दक्षिण पश्चिम कोणमा अथवा पश्चिम दिशामा हुनुपर्दछ । गृहस्वामीको शयनकक्ष दक्षिण पश्चिम कोणमा अथवा पश्चिम दिशामा हुनु राम्रो मानिन्छ । नैऋतय कोण पृथ्वी तत्व अर्थात स्थिरताको प्रतिक हो । अतः यसै स्थानमा शयनकक्ष भयो भने भवनमा दिर्घकालीन निवास गर्न सकिन्छ । त्यसैले घरमालिकको शयनकक्ष दक्षिण पश्चिम कोणमा अथवा पश्चिम दिशामा हुनुपर्दछ ।
 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  ०७:४१
प्रतिक्रिया दिनुहोस्