सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - आश्विन शुक्लपक्ष त्रयोदशी तिथि पूर्वाषाढा नक्षत्रनेपालमा सूर्योदय ६ः४ सूर्यास्त ५ः३३
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) आशा बाढने बाट साबधानी रहनु होला । समय लाई चिनेर अगाडि बढनु होला । तपाईको प्रयास बाट कामहरु बन्नेछन । खर्चमा बृद्धि रहनेछ । वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो) कामको उचित मुल्यांकन नहुन सक्नेछ । आम्दानी र खर्च बराबर छ । सोचेको काम समयमा नहुन सक्नेछ । शैक्षिक क्षेत्रमा मन खासै जाने छैन ।
मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) व्यापार व्यावसायमा फाईदा नै रहनेछ । अध्ययनमा अध्यापनमा ठिकै छ। पारिवारिक सम्बन्ध कायम रहनेछ । नोकरी गरेका लाई ठिकै छ ।
कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो) परोपकारी कार्यमा समय दिनु पर्नेछ । बाँकी रहेका कामहरु सम्पादन हुने देखिन्छ । नबिन कार्य तथा पद पाउने काम आउन सक्नेछ ।
शिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) घरको काममा समय बढि बित्नेछ । शैक्षिक क्षेत्रमा अलमल रहनेछ । आर्थिक लेनदेनमा समस्या रहनेछ । आशा देखाउने बाट सावधानी रहनु होला ।
कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा साथीहरुको साथ र सहयोग रहनेछ । समय अनुसार अबसर प्राप्त मात्रामा आउनेछन । आयआर्जनको काम अगाडि बढाउन सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते) आर्थिक कारोबारोमा सावधानी अपनाउनु होला । अनाबश्यक दौडधुप रहनेछ । आफनो काम सफल बनाउन योजना गोप्य राखेर अगाडि बढनु होला ।
वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये) समय अनुसार अगाडि बढने प्रयास गर्नुहोला । प्रतिस्पर्धा तथा पुरुषार्थ बाट अगाडि बढनु । अग्रज व्यक्तिको सहयोग बाट काममा सफलता रहनेछ ।
धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे) घरका कामहरु बिस्तारै सम्पन्न हुनेछन । पैतिक सम्पत्तिको प्रयोगले केहि लाभ हुनेछ । खेलमा सफलता रहनेछ । तपाईको जिद्धिपन रहने देखिन्छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी) व्यापार व्यावसायमा ठिकै रहला । साथ दिनेहरुबाट समस्या आउन सक्छ । कमाएको धन खर्च गर्नेबेला छ । पहिलाको कामले समस्या उत्पन्न हुनेछ ।
कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द) बोलिले धेरै लाई आर्कषण गर्नेछ । बिगतको काम बाट आज लाभ लिने बेला भएको छ । रोकिएका कामहरु बन्नेछन । पठन पाठन क्षेत्रमा सफलता छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ कामहरु सुरु गर्नेबेला रहेको छ । मिष्ठान भोजनको आनन्द लिन पाईनेछ । आर्थिक लाभ युक्त समय छ । सल्लाह सुझाव दिनेहरु प्रशस्त्र भेटिनेछन ।
वास्तु ज्ञान - बिहान पढनुु राम्रो मानिन्छ । बिधार्थीमा पढाईको स्तर घददै गएमा साँझ भन्दा बिहानको समयमा पढने बानी बसाल्नु पर्छ । पढदा जहिले पनि पूर्व दिशा फर्किएर पढने बानीको बिकास हुनुपर्छ । घर नजिक तुलसीको बोट लगाएर प्रत्येक दिन तुलसीमा जल चढाउदा राम्रो हुन्छ । यसो गर्दा घरमा सक्रारात्मक वातावरण सिर्जना भई ज्ञान आर्जनको लागि बिधार्थी सहज हुने गर्छ ।