सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - आश्विन शुक्लपक्ष एकादशी तिथि धनिष्ठा नक्षत्र नेपालमा सूर्योदय ६ः३ सूर्यास्त ५ः३५
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) आम्दानी थोरै भए पनि आर्य आर्जनमा ठिकै रहला । रिस मान्नेहरु वाट कार्यमा वाधा रहनेछ । तपाईको परिश्रम वाट अरुलाई फाईदा रहनेछ ।
वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो) अवसर प्राप्त रहनेछ तर विचार गरेर हात हाल्नु होला । अवसर वादीले समस्या गराउन सक्नेछन । आशा देखाउने वाट धोका रहेको छ ।
मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह) नसोचेको कार्यमा सफलता रहनेछ । सानो प्रयास वाट ठुलो सफलता रहनेछ । सामाजिक कार्यमा मन जानेछ । व्यवसायमा सफलता रहनेछ ।
कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो) ससाना काममा समय बढि वित्नेछ । स्वास्थ्यमा केहि प्रतिकुलता रहनेछ । शैक्षिक क्षेत्रमा केहि समस्या रहनेछ । व्यावसायमा उतावचडाव रहनेछ ।
सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) प्रेमिप्रेमिका तथा दाम्पत्य जीवनमा सफलता रहनेछ । मित्रताको साईनो गाँस्ने वेला छ । मेहनत वाट अवसर प्राप्त रहनेछ । व्यवसायमा सफलता छ ।
कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो) आफनो कार्यमा अरुले अवसर लिन खोज्नेछन । आर्थिक क्रियाकलापमा सावधानी पुर्वक अगाडि बढनु होला । अनाबश्यक दौडधुप रहनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते) पढाई लेखाईमा समय दिन नसकिला । व्यापार व्यवसाय गरेका लागि फाईदा मध्ययम रहनेछ । नविन काम अगाडि बढाउन समस्या रहनेछ ।
वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये) हतारको निर्णय बाट समस्या रहनेछ । स्थाहि सम्पत्तिमा केहि समस्या रहनेछ । पारिवारीक समस्या छ । नयाँ कार्य विस्तारै अगाडि बढाउनु होला ।
धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे) सन्चित रकम खर्च गर्ने वेला रहेको छ । पारिवारीक असझदारी रहनेछ । परिस्थिति सँग जुध्ने प्रयास गर्नुहोला । मेहनत वाट सफलता छ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी) कार्यमा केहि रोकावट रहनेछ । तपाईको कमजोरी माथि कुरा चल्नेछ । बोल्दा बिचार गरि अगाडि बढनु होला । बोलिको फरक अर्थ लाग्नेछ ।
कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द) अग्रज व्यक्ति सँगको भेट हुनेछ । रोकिएका कामहरु सम्पादन हुनेछ ।स्वादिस्ट भोजनको आनन्द मिल्नेछ । आर्थिक लाभ हुने कार्यमा लाग्नु पर्नेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय लाई व्यवस्थापन गर्न नसक्दा समस्या रहनेछ । खर्चमा वद्धि रहनेछ । आफन्तमा असझदारी बढनेछ । बाहिरी कार्य वा बिदेश क्षेत्र बाट लाभ रहनेछ ।
वास्तु ज्ञान -जोडि माछा राख्नु राम्रो मानिन्छ । जोडि माछा लाई साँचो प्रेमको प्रतीक मानिएको छ । पौराणिक मान्यता अनुसार पनि माछा लाई विष्णु भगवानको अवतारको रुपमा मानिएको छ । यसलाई कामदेवको ध्वजाको प्रतिक पनि मानिएको छ । यसरी भवन वा घरको मुख्य द्धारमा माछाको चित्रलाई राख्नु राम्रो मानिन्छ ।