विमानस्थल सुरक्षा प्रमुख अर्जुन चन्दद्वारा राजीनामा

शनिबार, माघ २०, २०८०

काठमाडौँ  - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले पदबाट राजीनामा दिनुभएको छ । सुरक्षा प्रमुखले एकाएक राजीनामा दिएपछि अहिले निकै चासोको विषय बनेको छ । 

बंगलाचुली गाउँपालिका

व्यक्तिगत कारणले आफूले राजीनामा दिएको प्रहरी नायब महानिरीक्षक चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले मेरो व्यक्तिगत कारणले शुक्रबार राजीनामा दिएको छु, बाँकी अहिले म केही भन्दिनँ ।” चन्दको उमेर हदको सेवाअवधि आगामी २०८१ चैत मसान्तसम्म रहेको थियो । 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १९:००
प्रतिक्रिया दिनुहोस्