आजको राशिफल

आज २०८१ साल असोज २४ गते बिहीबारको राशिफल

बिहीबार, असोज २४, २०८१
दंगीशरण गाउँपालिका

दाङ - आज २०८१ साल असोज २४ गते बिहीबार तदनुसार सन् २०२४ अक्टोबर १० तारिख। असोज शुक्ल पक्षको सप्तमी तिथि। नवरात्रमा आज कालरात्रिको पूजा गरिन्छ। आज दशैंको फूलपाती हो। विश्व दृष्टि दिवस। विश्व मानसिक स्वास्थ्य दिवससमेत आजै परेका छन्। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशःआश्विन नेपालमा सूर्योदय ६ः२ सूर्यास्त ५ः३८

बबइ गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
सोचे अनुसार काम बनाउन समस्या रहला । तपाईको मेहनत बाट हरुलाई बढि फाईदा हुने समय रहेको देखिन्छ । सामाजिक कार्यमा ठिकै रहला ।

 वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
सोचेको अनुसार कार्यमा बाधा रहने समय रहेको देखिन्छ । अध्ययनमा समस्या आउला । केहि समस्याहरु आउने छ । प्रयास बाट कामहरु बन्नेछ ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
आफलाई मन पर्ने भौतिक सामाग्री जोडने समय रहेको छ । आर्थिक आयआर्जनमा सफलता रहनेछ । नयाँ कार्यमा लगानी गर्ने समय छ ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
यात्राको समय रहेको छ । प्रतिस्पर्धामा सफलता रहनेछ । सहयोगिहरुको राम्रो साथ सहयोग रहनेछ । बिगतमा रोकिएका कामहरु बन्नेछन ।
 
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
अग्रज तथा बौद्धिक व्यक्तिहरु सग प्रतिस्पर्धा गर्ने समय रहेको देखिन्छ । अरुको कुराको भरमा काम थाल्दा समस्या आउने समय रहेको छ ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
दीर्घकालीन कार्यमा अगाडि बढदा सफलता रहने समय रहेको देखिन्छ । आफुमा केहि क्षमताको अपुग भएको महशुस हुनेछ । पैसा सापटि नदिनु ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
तपाईको दैनिक काम गर्ने शिलशिलामा फरक पन रहने समय रहेको देखिन्छ । व्यापार व्यवसायमा सफलता छ । प्रतिस्पर्धामा सफलता रहने छ ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
बिगतमा गरिएको कार्य बाट सफलता रहने समय छ । बोलिको भरमा धेरै काम हरु बन्ने समय छ । बिगतमा रोकिएका कार्यहरु बन्नेछ ।

धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
मेहनत बाट कार्य सफलता रहने समय रहेको छ । नयाँ अवसरहरु आउने समय रहेको छ । अग्रज व्यक्तिहरु सग भेटघाट रहने समय रहेको छ ।
 
मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
अनाबश्यक नबोल्दा राम्रो हुनेछ । लगानी लगाउने समय रहेको देखिन्छ । तपाई लाई आरोप लगानेहरु धेरै हुनेछन । अनाबश्यक खर्चमा बृद्धि रहने छ ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
परिश्रम बाट कार्यमा सफलता लिन सकिने समय रहेको छ । आम्दानी खर्चमा उस्तै रहने समय छ । दैनिक कार्य लाई निरन्तरता दिदा राम्रो छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिगतमा रोकिएका कामहरु बन्ने छन । नयाँ आम्दानीका सा्रेतहरु बढने समय रहेको छ । प्रतिष्ठामय समय छ । व्यापार व्यवसाय ठिकै रहनेछ ।

 

वास्तु ज्ञान - घरको छेउमा काँडा भएका रुख रोप्नु हुँदैन ।
घरको छेउमा काँडाको रुख,काँडा हुने फूल, नागफिनि,हात्तिबार आदि रोप्न हुँदैन । त्यस्तै बाँस, दूध आउने कदम,कटहर,बडहर पनि रोप्न हुुँदैन । काटने वा हटाउन मिल्दैन भने बीचमा अशोक , धपि,चन्दनको वृक्ष रोप्नु पर्दछ ।

 

 

प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१  ०५:५४
प्रतिक्रिया दिनुहोस्