विश्व हुलाक दिवस

आज विश्व हुलाक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

बुधबार, असोज २३, २०८१

दाङ - आज विश्व हुलाक दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।

बंगलाचुली गाउँपालिका

सन् १८७४ अक्टोवर ९ मा विश्व हुलाक सङ्घको स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष यस दिन विश्व हुलाक सङ्घका सबै सदस्य राष्ट्रमा भव्यताका साथ विश्व हुलाक दिवस मनाउने गरिन्छ ।

संयुक्त राष्ट्र सङ्घको विशिष्टीकृत संस्थाका रूपमा रहेको विश्व हुलाक सङ्घ स्थापनाको १५० वर्ष पुगेको अवसरमा यस वर्ष ‘सञ्चारलाई सक्षम पार्ने र राष्ट्रभरका मानिसलाई सशक्त बनाउने एक सय ५० वर्ष’ भन्ने नारासहित यो दिवस मनाइँदैछ ।

दिवसका अवसरमा आज नेपाल फिलाटेलिक सोसाइटीसँगको सहकार्यमा हुलाक सेवा विभाग परिसर, बबरमहलमा टिकट प्रदर्शनी सञ्चालन गरिएको छ । विभागमा तीन दिन दीपावली गर्ने कार्यक्रम छ ।

नेपालमा विसं १९३५ सालमा स्थापना भई नेपाल हुलाक घरबाट हुलाक सेवा सुरू भएको थियो ।

नेपालले सन् १९५६ मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरी हुलाक सेवाको विश्व मञ्चमा यसका साझा उद्देश्य प्राप्तिको यात्रामा निरन्तर लागिरहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्