आजको राशिफल

आज २०८१ साल असोज २३ गते बुधवारको राशिफल

दाङ - आज २०८१ साल असोज २३ गते बुधबार तदनुसार सन् २०२४ अक्टोबर ९ तारिख। असोज शुक्ल पक्षको षष्ठी तिथि। नवरात्रमा आज कात्यायानिदेवीको पूजा गरिन्छ। विश्व हुलाक दिवससमेत आजै परेको छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशःआश्विन शुक्लपक्ष षष्ठी तिथि मूल नक्षत्र नेपालमा सूर्योदय ६ः१ सूर्यास्त ५ः३९

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
जिम्मेवारी प्राप्त हुनेछ । आफनो बुद्धिको प्रयोगले कार्यमा सफलता रहनेछ । समय आफनो पक्षमा भए पनि अरुको लागि बढि काममा लाग्नु पर्नेछ ।

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
सोचेको कार्यमा भने अनुसार सफलता लिन नसकिएला । शरिरमा आलस्यता बढनेछ । हतारमा निर्णय गर्दा समस्यामा परिएला ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
केहि रमाईलो यात्राको अवसर आउनेछ । व्यापार व्यवसाय गरेका लाई लाभ नै रहने समय रहेको छ । ज्ञान आर्जनमय समय छ । भेटघाट बढनेछ ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
सोचे अनुसार फाईदा लिन नसकिएला । अरुको भनाईमा लाग्दा समस्या आउला । समय परिस्थितिले केहि जटिलता उत्पन्न गराउने समय रहेको छ ।
सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
स्वास्थ्यमा बिशेष ख्याल गर्नुहोला । कार्यमा केहि ढिलाई हुनेछ । शैक्षिक क्षेत्रमा समय दिन नसकिएला । व्यापार व्यवसायमा मध्ययम रहनेछ ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
अग्रज व्यक्तिको साथ सहयोग बाट कामहरु बन्ने समय रहेको छ । बोल्दा बिचार गरेर बोल्नु होला । साझेदारीमा काम नगर्दा उपयुक्त रहने देखिन्छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
आफनो भन्दा अरुको कार्यमा समय दिनु पर्नेछ । बचत धन खर्च रहने समय रहेको छ । आफन्तमा केहि असमझदारी बढने समय रहेको छ ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
तपाईको अभिव्यक्तिले केहि प्रभाव पार्ने समय रहेको छ । आम्दानी क्षेत्रमा  सफलता छ । तपाईको तार्किक एवम बौद्धिक क्षमताले साथ सहयोग रहनेछ ।

धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
तपाईको कामको प्रशंसा बढने समय रहेको छ । अवसरहरु थुपै आउनेछन । सहयोगिहरुको साथ र सहयोग रहनेछ । अग्रज व्यक्तिहरुको भेटघाट बढने छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आफनो सोख हुने क्षेत्रमा लगानी लगाउने समय रहेको देखिन्छ । बैदेशिक क्षेत्रबाट लाभ रहने समय छ । परिवारमा केहि असमझदारी बढन े।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
नयाँ बिषय बस्तुको जानकारी लिन सकिन्छ । व्यापार व्यवसाय ठिकै रहने समय रहेको छ । तपाईको कामको रामै फल प्राप्त हुने समय रहेको छ ।

मीन(दी,दू,थ,जm,ञ,दे,दो,चा,ची)
आफनो श्रम बाट अरुले फाईदा लिने प्रयास गर्नेछन । अग्रज व्यक्तिहरु सग भेटघाटमय समय छ । आजको मिहिनत बाट भोलिको लागि फाईदा छ ।
                                          
                     वास्तु ज्ञान

 अतिथि कक्ष ईशान कोणमा बनाउनु पर्छ ।अतिथि कक्ष सधै पश्चिमी वायव्य कोण,उत्तर,वायव्य कोण अथवा उत्तरी ईशान कोणमा बनाउनु पर्दछ । यसो गर्नाले अतिथि भवनमा थोरै समय मात्र बस्दछन र घरमा सुख शान्ति भैरहन्छ । साथै अतिथि आउनको उदेश्य पनि पूर्ण हुन्छ ।
ज्ञ

 

 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  ०५:००
प्रतिक्रिया दिनुहोस्