आजको राशिफल

आज २०८१ साल असोज २१ गते सोमबारको राशिफल

दाङ - आज २०८१ साल असोज २१ गते सोमबार तदनुसार सन् २०२४ अक्टोबर ७ तारिख। असोज शुक्ल पक्षको चतुर्थी उपरान्त पञ्चमी तिथि। नवरात्रको पाँचौं दिन स्कन्दमाता नाम गरेकी देवीको पूजा गरिन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशःनेपालमा सूर्योदय ६ः०० सूर्यास्त ५ः४१

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
बिगतमा रोकिएका कामहरु प्रयास गर्दा सफलता रहने समय रहेको छ । गोपिनियता लाई बिशेष ख्याल गर्नुहोला । अनाबश्यक खर्च बाट बच्नुहोला ।

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
हतारमा काम गर्दा समस्या आउने समय रहेको छ ।  घराँयसि कार्यमा केहि समस्या आउने देखिन्छ । बादबिवादमा नफस्नु राम्रो होला ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
तपाईको मिहिनत बाट कार्यमा सफलता रहनेछ । आफनो कार्य योजनाहरु लाई गोप्य राखेर अगाडि बढनु होला । आफनो कार्यमा अडिक रहनु होला ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
यात्राको समय छ । अग्रज व्यक्तिको सल्लाह सुझाव लाई मनन गर्ने प्रयास गर्नुहोला । लगनशीलता तथा मिहिनतले कार्य सम्पादनमा सहयोग गर्नेछ ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
परिश्रम बढि लागे पनि कार्यमा सफलता छ । पार्टनर कार्यमा केहि बाधा रहने समय छ । हतार गर्दा रोकिएका कामहरु फेरि प्रयास गर्दा बन्नेछन ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
तपाईको परिश्रम बाट अरुले फाईदा लिने समय रहेको छ । नयाँ कामको भूमिका खेल्नुपर्ने देखिन्छ । सहयोग गर्छु भन्नेहरु बाट धोकामय समय छ ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
सभा समारोहमा सहभागि हुने समय रहेको छ । अध्ययनमा सफलता प्राप्त होला । तपाईको बोलिको भरमा धेरै कामहरु बन्ने समय रहेको देखिन्छ ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
रमाईलो भेटघाटमय समय रहेको छ । मिष्ठान भोजनको समय रहेको देखिन्छ । पहिले बाकी रहेको काम बन्नाले उत्साह थप्ने दिन छ ।
 
धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
नयाँ व्यक्तिको सहयोग बाट कामहरु बन्ने समय छ । खर्चमा बृद्धि रहने छ । बिगतका समस्याहरु हल गर्नको लागि प्रयास गर्दा राम्रो होला ।
 
मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
घर परिवारका आधारभूत सामाग्री जोडने समय रहेको देखिन्छ । तपाईको परिश्रमको फल अरुले लिने प्रयास गर्नेछन । आर्थिक समस्या आउने छ ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
व्यापार व्यवसायमा मध्ययम रहला । सहयोगको आशा देखाउने व्यक्ति बाट धोका रहनेछ । आफुलाई फाईदा नहुने कामको जिम्मेवारी लिनु पर्नेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
भौत्तिक सामाग्री जोडने समय छ । व्यापार व्यवसायमा सफलता रहनेछ । धार्मिक क्षेत्रमा ठिकै छ । बिगतमा रोकिएका कामहरु बन्ने समय रहेको छ ।
 
 
वास्तु ज्ञान - उत्तर दिशा टाउको वनाएर सुत्नु राम्रो हुँदैन ।  उत्तर दिशा टाउको राखेर सुत्नु भनेको प्रकृतिको विरुद्र काम गर्नु हो । उत्तर दिशा टाउको राखेर सुत्नाले शरिरको ईलेक्टोम्याग्नेटिक  तरंग उत्पन्न हुनु हो । जस्ले गर्दा हाम्रो शरिरको स्नायुमा  समस्या वनाउने गर्छ । त्यस कारण उत्तर  शिरान गरेर सुतेमा  निन्द्रा नलाग्ने गर्छ । त्यस कारण दक्षिण शिरान गरेर सुत्नु राम्रो हुनेछ । अथवा पूर्व शिरान गर्नु उपयुक्त हुनेछ ।

 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ०६:२९
प्रतिक्रिया दिनुहोस्