नेपालकै सस्तो इन्टरनेट वाईफाई नेपालको सेवा अब दाङको तुलसीपुरमा

आइतबार, असोज २०, २०८१

दाङ -  इन्टरनेट सेवाप्रदायक कम्पनी वाईफाई नेपालले दाङको तुलसीपुरमा सेवा विस्तार गरेको छ । नेपालकै सवै भन्दा सस्तो इन्टरनेट प्याकेजका साथ बजारमा आएको यो कम्पनीले आफ्नो सेवा विहिबार (घटस्थापना) देखि औपचारिक रुपमा तुलसीपुरमा पनि सुरु गरेको हो ।

बंगलाचुली गाउँपालिका

अब तुलसीपुरका प्रयोगकर्ताले वाईफाई नेपालको ५० र ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज खरिद गर्न सक्नेछन् ।कम्पनीले मासिक ३३३ रुपैयाँमा ५० एमबीपीएस र मासिक ५०० रुपैयाँमा ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराइरहेको छ ।

विहिबार कम्पनीका सेल्स तथा मार्केटिङ प्रमुख हरि गुरुङ्ले विपि चोकमा तुलसीपुर शाखाको उत्घाटन गर्दै तुलसीपुर आसपासका उपभोक्तालाई उच्च गुणस्तर र सस्तो दरमा इन्टरनेट प्रदान गर्ने प्रतिवद्धता अनुसार ‘तुलसीपुर शाखा’को सेवा प्रारम्भ गरिएको बताउनुभयो ।

तुलसीपुर शाखावाट हाललाई पुर्वमा हापुरखोला देखि पश्चिममा जुम्लेकुलासम्मका सम्पुर्ण ठाउँमा सेवा विस्तार गरिएको वाईफाई नेपाल तुलसीपुर शाखा इन्चार्ज प्रकाश वुढाथोकीले बताउनुभएको थियो ।

यस्तै तुलसीपुर शाखाका सेल्स तथा मार्केटिङ प्रमुख नवराज घिमिरेले क्रयशक्ति कम भएका कुना कन्दराका जनतामाझ समेत इन्टरनेटको पहुँच पुर्‍याउने योजनाका साथ तुलसीपुरमा सेवा विस्तार गरिएको जानकारी गराउनु भयो । साथै वाईफाई नेपालले चाडवाड लक्ष्यित योजना पनि सार्वजनिक गरेको छ । वाईफाई नेपालको सेवा नेपालभर ७९ भन्दा बढी सहरहरुमा पुगिसकेको छ ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  २२:११
प्रतिक्रिया दिनुहोस्