दाङमा ब्राउन सुगरसहित दुई जना पक्राउ

आइतबार, असोज २०, २०८१

दाङ - दाङमा प्रहरीले दुई जनालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तुलसीपुर ८ का २६ वर्षका गणेश सुनार र अनिस परियार रहेकाछन् ।

बंगलाचुली गाउँपालिका

उनीहरुलाई अमिलियाबाट खटिएको प्रहरीको टोलीले कोहलपुरबाट तुलसीपुरतर्फ आउदै गरेको रा ५ प ४८२ नम्बरको मोटरसाइकलमा आउदै गर्दा नियन्त्रणमा लिएको हो ।

आज विहान तुलसीपुर ४ का २२ वर्षका अनिस परियारले चलाएको उक्त मोटरसाइकलमा चेकजाँच गर्दा मोटरसाइकलमा सवार सुनारको साथबाट ५५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । साभार खोज रफ्तार

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १८:२६
प्रतिक्रिया दिनुहोस्