हाइस गाडी दुर्घटना

तुलसीपुरबाट रुकुम पश्चिम जाँदै गरेको हाइस डाँडापातुमा घरभित्र पस्यो

आइतबार, असोज २०, २०८१

दाङ - दाङको  तुलसीपुरबाट  रुकुम पश्चिम जाँदै गरेको हाइस गाडी दुर्घटनामा परेको छ । आइतबार बिहान पौने ७ बजेतिर तुलसीपुर-७ डाँडापातुस्थित रुकुम पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ज ७७२ नम्बरको ई.भी. हाइस गाडी अनियन्त्रित भई दुर्घटनामा परेको हो । गाडी सडकबाट खिम बहादुर मल्लको दुई कोठाको घरमा पसेको छ ।

बंगलाचुली गाउँपालिका

दुर्घटनामा परी ६ जना घाइते भएका छन् । तिब्र गतिमा रहेको हाइस गाडी ओभरटेक गर्ने क्रममा घर भित्र पसेको हो । गाडीमा चालकसहित ९ जना सवार थिए । चालक कुमार सन्यासीसहित ६ जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

दुर्घटनामा हाइस चालक रुकुम पश्चिम मुसीकोट नगरपालिका ४ का २५ वर्षिय को कुमार सन्यासी, गाडीमा सवार सल्यानको शारदा नगरपालिका(७ निवासी २४ वर्षकी कल्पना चलाउने, उहाँको ८ वर्षिया छोरी निर्मला घाईते भएको प्रहरीले जनाएको छ ।

यस्तै सल्यानको बागचौर नगरपालिका ७ बस्ने २७ वर्षकी सपना चलाउने, जाजरकोटको भेरी नगरपालिका वडा नम्बर ४ घर भइ जिल्ला प्रहरी कार्यालय सल्यानमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार ३९ वर्ष दुर्गा बहादुर बिक र गाडी पसेको घरमा भाडामा बस्ने मंगला श्रेष्ठको १२ वर्षिय छोरा रण विर नेपाली घाईते भएको प्रहरी निरिक्षक थापाले बताउनुभयो । घाइते सबैको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्