आजको राशिफल

आज २०८१ साल असोज २० गते आइतबारको राशिफल

दाङ - आज २०८१ साल असोज २० गते आइतबार तदनुसार सन् २०२४ अक्टोबर ६ तारिख। असोज शुक्ल पक्षको चतुर्थी तिथि। नवरात्रको चौथो दिन कुष्माण्डा नाम गरेकी देवीको पूजा गरिन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः नेपालमा सूर्योदय ५ः५९ सूर्यास्त ५ः४२

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
तपाई लाई आशा देखाउने बाट धोका रहनेछ । बिगतको कार्य लाई निरन्तरता दिदा सफलता रहनेछ । परिश्रम बढि कम प्रतिफल रहनेछ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
तपाईको  कार्यकुशलताले धेरैको मन तान्ने छ । बिभिन्न सामागी्र प्रयोग गर्ने समय रहेको छ । आयआर्जनमा सफलता रहनेछ । आफन्तको भेटघाट हुनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
 तपाईको प्रयास बाट कामहरु सहजै सम्पन्न हुनेछन । कामको लागि भौतिक सामागी्र जुटने देखिन्छ । प्रतिस्पर्धामा सफलता रहनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
तपाईको बोलिको भरमा धेरै काम बन्नेछ । नयाँ सामागी्रको प्रयोग बढनेछ । आयआर्जन ठिकै रहला । नयाँ जानकारी प्राप्त रहने  समय देखिन्छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
घर परिवार तथा माता बाट साथ र सहयोग रहनेछ । कृषि कार्य बाट सफलता प्राप्त गर्न सकिन्छ । बोल्दा बिचार गरेर बोल्नु होला ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
तपाईको व्यवसायमा  सफलता रहनेछ । थालिएको कामको प्रतिफल  प्राप्त रहनेछ । रोकिएका कार्यहरु बन्नेछन । प्रतिस्पधी लाई पराजित गर्ने सकिन्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
सोचेको कामको फाईदा नै रहनेछ । बोलिको प्रभावले कार्य सफलता सहयोग मिल्नेछ । बौद्धिक एवम तार्किक क्षमतामा बृद्धि  रहनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
आत्मा बिश्वास लिदा कार्य सफलता  सहयोग रहनेछ ।स्वादिष्ट भोजनको आनन्द लिन पाईनेछ । काम लाई समय अनुसार परिवर्तन गर्नुहोला ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
घर बाहिरको काममा  सफलता  रहनेछ । खर्चको मात्रामा बृद्धि  रहनेछ । शरिरमा आलस्यता रहनेछ । आफन्त तथा छरछिमेकीमा समस्या रहला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
परिश्रम बढि कम प्रतिफल  रहनेछ । ल्याउनु पर्ने  रकम आउनेछ । छेनिक कार्यबाट फाईदा रहनेछ  । सोचेको काम समयमा नबन्ने देखिन्छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
सामाजिक कार्यमा मन जानेछ । आफनो कार्यबाट अरुलाई प्रभाव पारेर अगाडि बढन सकिन्छ  । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समाजिक कार्यमा जिम्मेवारी थपिनेछ  । नेत्तित्व गरेर अगाडि बढने समय रहेको छ  । नाम,दाम र ईनाम कमाउने समय छ । कामको तारिफ होला ।

 

वास्तु ज्ञान - बेसार लाई शुभ र महत्वपूर्ण मानिन्छ । बेसार लाई दैनिक रुपमा घरको ढोकाको संघारमा छर्किने गरिन्छ त्यसो गर्नाले किरा, किटाणु र नराम्रा आत्माहरु समेत घरभित्र पस्न सक्दैनन् भन्ने विश्वास गरिन्छ । बेसारको धुलोले पाचन शक्तिलाई बढाउने हुनाले तरकारी, दाल आदिमा प्रयोग गर्ने गरिन्छ ।

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ०६:०२
प्रतिक्रिया दिनुहोस्