आजको राशिफल

आज २०८१ साल असोज १९ गते शनिवारको राशिफल

दाङ - आज २०८१ साल असोज १९ गते शनिबार तदनुसार सन् २०२४ अक्टोबर ५ तारिख । असोज शुक्ल पक्षको तृतीया तिथि । नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आरधना गरिन्छ । आज विश्व शिक्षक दिवस । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ । मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः आश्विन शुक्लपक्ष तृतिया तिथि स्वाति नक्षत्र नेपालमा सूर्योदय ५ः५९ सूर्यास्त ५ः४३

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
नबिन ज्ञानको जानकारी रहने छ । व्यवसायिक यात्रामा ठिकै रहला । प्रेम तथा दाम्पत्य जीवन ठिकै रहने समय छ । मनोरञ्जनमय दिने छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
तपाईको मेहनत बाट कार्यक्षेत्रमा सफलता रहनेछ । व्यापार व्यवसायमा लाभ रहने छ । समस्याहरु समाधान गदै अगाडि बढने समय देखिन्छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
अवसरहरु थुपै आउनेछन तर सोच बिचार गरेर अगाडि बढनु । परिस्थितिले केहि अप्ठरो पार्ने छ । समयको माग अनुसार अगाडि बढनु होला ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
आफन्त बाट बिश्वास घात रहनेछ । बोल्दा बिचार गरेर बोल्नु होला । आफन्त तथा छरछिमेकिमा केहि असमझदारी बढने समय छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
नयाँ तथा रचानात्मक कार्यमा सफलता छ । भौतिक सामाग्री जोडने समय छ । रोकिएका कामहरु बन्ने योग । व्यापार व्यवसायमा सफलता रहनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
कुनै पनि कार्यमा हात हाल्नु भन्दा पहिला सोच बिचार गरेर अगाडि बढनु होला । अरुको सल्लाह सुझावलाई मध्यनजर गरेर अगाडि बढनु होला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
तपाईको आन्तरिक रहस्य अरुले थाहा पाउने समय छ । काम गर्दा हतारमा नगर्नु होला । बिगतमा रोकिएका कार्यहरु केहि अगाडि बढने योग छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
आजको दिन खर्च बृद्धि रहनेछ । आर्थिक  अभावमय दिन छ ।  केहि लगानी गर्ने समय रहेको छ । कामको शिलशिलामा निकै दौडधुप रहने समय छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
आफन्तको साथ र सहयोग रहनेछ । बचत रकम लगानी हुनेछ । कृषि जग्गा ,जमिन बाट लाभ रहने समय छ । दैनिक कार्यमा ठिकै रहला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आफन्त तथा साथीहरुको राम्रो भेटघाट रहने समय छ । पुखौलि सम्पत्ति बाट फाईदा रहने छ । समाजिक कार्यमा समय दिनु पर्ने योग छ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
केहि जिम्मेवारी लिनु पर्ने समय देखिन्छ । बिगतमा गरिएका गल्तिले केहि समस्या आउने छ । अरुको कार्यमा भन्दा आफनो कार्यमा लाग्नु राम्रो होला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
नसोचेको काम बन्ने समय रहेको देखिन्छ । घराँयसि कार्यमा समय दिनु  पर्ने देखिन्छ । नयाँ कामको लागि सोचबिचार गरेर अगाडि बढनु होला ।
 
 

 वास्तु ज्ञान : घरमा द्धारहरुको सङख्या जोडी हुनुपर्छ । घरमा द्धारहरुको सङख्या जोडी हुनुपर्छ । जस्तै २,४,६,८,१२ तर १० वटा ढोका भने शुभ हुदैन, किनभने यसको अन्त्य शून्य (०) मा हुन्छ । यसले घर मालिकमाथि कुनै ठुलो गम्भीर असर नपारे पनि यस सङख्याबाट बच्नु राम्रो हुन्छ । झ्याल र भेन्टीलेसनको सङख्या पनि सम हुनुपर्छ ।

 

 

 

 

प्रकाशित मिति: शनिबार, असोज १९, २०८१  ०५:१६
प्रतिक्रिया दिनुहोस्