आजको राशिफल

आज २०८१ साल असोज १८ गते शुक्रबारको राशिफल

शुक्रबार, असोज १८, २०८१

दाङ - आज २०८१ साल असोज १८ गते शुक्रबार तदनुसार सन् २०२४ अक्टोबर ४ तारिख। असोज शुक्ल पक्षको द्वितीया तिथि। विश्व पशु दिवस। विश्व मुस्कान दिवस। नवरात्रको दोस्रो दिन आज ब्रम्हचारिणी देवीको आरधना गरिन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।  मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः सूर्योदय ५ः५८ सूर्यास्त ५ः४५

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)  आजको राशिफल
घर परिवारको साथले नबिन आशा जाग्नेछ । प्रेममा सफलता रहनेछ  । दाम्पत्य जीवन ठिकै रहला । नयाँ कार्यक्रममा सहभागि हुने दिन छ  ।

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
मेहनत गर्दा बिभिन्न अवसर प्राप्त हुनका साथै दैनिकिमा परिवर्तन आउने । हिम्मतले काम बनाउन सकिनेछ । प्रतिस्पधिहरु लाई पछि पार्ने समय छ ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
आफनो मेहनतबाट अरुले फाईदा उठाउने कोशिस गर्नेछन । कमजोर मानसिकताले पछि  परिनेछ भने हिम्मत गर्दा कार्यमा सफलता रहनेछ ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
कामको बिभाजन नगर्दा समय खेर जानेछ । पुरानो गल्तिले पनि काम विग्रिन सक्छ । पहिलेका सम्झौता तोडनु पर्ने आवश्यकता पर्न सक्छ ।

सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
नयाँ काम आरम्भ गर्ने समय छ । व्यापारमा आर्थिक लाभ देखापर्ने छ । आफन्तले साथ र सहयोग दिने छन । भौतिक साधनहरु संग्रह गर्ने मौका छ ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
धैर्य साथ काम गर्नुहोला । तपाईको बोलीले केहि काम बिग्रिनेछ । काम लाई बुझेर मात्र अगाडि बढनु होला । गफ भन्दा कामलाई अगाडि बढाउनु होला ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
रमाईलो जमघटमा पुगेपनि मन शान्त नहुन सक्छ । बन्नै लागेको काममा भेटघाटले ढिला हुनेछ । अबसर लाई बुझन नसक्दा काममा पछि परिएला ।

वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
अबसरका लागि निकै दौडधुप हुनेछ । आर्थिक खर्चयुक्त समय छ । आफन्त एवम नजिकैको व्यक्ति बाट धोका । व्यावसायमा लगानी बढाउनु पर्ने छ ।

धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
तपाईले थालेको कामको उचित फाईदा रहनेछ । व्यापार व्यावसायमा आर्थिक लाभ मिल्नेछ । आर्थिक आम्दानीहुने काममा शुरुवात हुने समय छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आफनो व्यावसायमा अगाडि बढन सकिनेछ । मान सम्मान र जोश जाँगरमा बृद्धि हुनेछ । साहित्य ,कलामा अगाडि बढन सकिनेछ । व्यापारमा फाईदा  छ ।

कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
साथ दिनेहरुले धोका दिने समय छ । स्वास्थ्यमा हल्का प्रतिकुलता रहनेछ । केहि कामहरु रोकिने छन । व्यवसायिक कार्यमा लगानी बृद्धि रहनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समयले केहि समस्या ल्याएमा पनि प्रयास गर्दा सफता रहनेछ । सहयोगिहरुले तपाई लाई केहि साथ दिदा काममा सफल देखिन्छ ।                       
                      
 

वास्तु ज्ञान - तुलसीका विरुवा लगाउनु शुभ मानिन्छ ।
तुलसी नभई दैनिक पूजा वा कुनै धार्मिक कार्य हुन सक्दैन । यसमा तीव्र तथा प्रेरणापूर्ण सुगन्ध हुन्छ । यसको वैज्ञानिक, औषधीय तथा आध्यात्मिक महत्व छ । यसले विशालु तथा रोग फैलाउने किटाउनहरुलाई नस्ट गर्न सक्छ । यसले रगतलाई शुद्ध बनाउनुको साथै पाचन प्रणालीमा सुधार गर्छ ।

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०५:१५
प्रतिक्रिया दिनुहोस्