प्रधानमन्त्री कप क्रिकेट :आर्मीलाई हराउँदै पुलिस बन्यो च्याम्पियन

शनिबार, माघ २०, २०८०

काठमाडौँ :  प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार भएको फाइनल खेलमा पुलिसले विभागीय प्रतिस्पर्धी त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हरायो । उपाधिसँगै पुलिसले १० लाख र उपविजेता आर्मीले पाँच लाख रुपियाँ पुरस्कार पाएको छ । 

बंगलाचुली गाउँपालिका

पुलिस तेस्रो पटक च्याम्पियन बनेको हो । यसअघि पुलिसले सन् २०१७ मा आर्मीसँग संयुक्त रुपमा उपाधि बाँडेको थियो भने २०१९ मा उपाधि जितेको थियो । जितका लागि एक सय ८२ रनको लक्ष्य पछ्याएको पुलिसले ३७।५ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १८:२६
प्रतिक्रिया दिनुहोस्