उत्पादन र बजारीकरण पहिलो प्रथामिक्तामा : पालिका अध्यक्ष पोख्रेल

मंगलबार, असोज १५, २०८१

गढवा, १५ असोज - गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले उत्पादन संगै र बजारीकरण पनि गाउँपालिका पहिलो प्राथमिकतामा रहेको बताउनु भएको छ।

बंगलाचुली गाउँपालिका

मंगलवार गढवा गाउँपालिकाको आयोजना तथा हेफर प्रोजेक्ट नेपाल र ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको साझेदारीमा सञ्चालित भिटा परियोजना द्वारा वडा नम्बर २ र ३ को युवा भेला तथा समूह गठन कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो। कृषि तथा पशु क्षेत्रमा लागिपरेका किसानहरुको जिवन स्तर सुधार गर्ने गरी कार्यक्रम सुरुवात गरेको बताउदै अध्यक्ष पोख्रेलले यस भन्दा पहिले पनि सरकारले कृषि क्षेत्रमा ठुलो लगानी गरेता पनि उपलब्धि मूलक नभएको बताउदै भिटा परियोजनाले उपलब्धि मुलक कार्यक्रम ल्याएको बताउनुभयो। भिटा परियोजना मार्फत महिला शसक्तिकरण, व्यवसाय मार्फत आत्मनिर्भर र युवा उद्वमशिलताको क्षेत्रमा रही कार्य गरिरहेको जानकारी दिनु भयो। स्थानीय सरकारले सबै पालिकाबासीलाई रोजगार दिन नसक्ने भएकोले भिटा परियोजना मार्फत ठुलो मात्रामा लगानी गरेर कृषि तथा पशुपालन कृषकहरुका लागि व्यवसायीक रुपमा अघि बढ्ने कार्यक्रम तय गरेको जानकारी दिनुभयो। यस कार्यक्रमको मार्फतबाट तरकारी, खसीबोका र दुध उत्पादन र बजारीकरणमा बढी केन्द्रित हुने बताउनु भयो।Gadawa-fnl1-1727796007.png
त्यसैगरी कार्यक्रममा बोल्दै गढवा गाउँपालिका उपाध्यक्ष
शारदा कुमारी चौधरीले कृषि र पशुको क्षेत्रमा महिलाहरुलाई संगठित गरेर अब युवा लक्षित कार्यक्रम अघि बढाएको बताउनुभयो। बिदेश पलायन भएर मात्र नहुने भन्दै आत्मनिर्भर बनन् व्यवसाय तिर लाग्नु पर्ने उपाध्यक्ष चौधरीले बताउनुभयो। सरकारले सबै पालिकाबासी लाई व्यवसाय गर्ने तालिम लगायतका अन्य सम्पूर्ण प्राविधिक सहयोग गर्ने बताउदै साच्चिकै काम गर्न चाहने व्यवसाय गर्न चाहने हरुको लागि यो सुनौलो अवसर भएको बताउनुभयो।

कार्यक्रम बोल्दै ३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारीले समाजको नेतृत्व गर्ने युवा बर्ग भएको बताउदै खाली बसेर नकरात्मक कमेन्ट गर्दै बस्ने होइन कि उत्पादन मुलक कार्यक्रम गरी आत्मनिर्भर बन्ने तीर जोड दिनु पर्ने बताउनुभयो।

३ नम्बर वडाध्यक्ष तुल्सीराम अधिकारी अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरीको विशिष्ट अतिथित्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा ३ नम्बर वडा विमल चौधरी, हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्य लगायतकाले बोल्नु भएको थियो ।
कार्यक्रममा वडा नम्बर २ र ३ का युवा उद्धमीहरुको सहभागिता रहेको थियो कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्माले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्