प्रेस सेन्टर शान्तिनगर गाउँपालिकाको अध्यक्षमा एन.वि.निर्दोश

आइतबार, असोज १३, २०८१

दाङ - प्रेस सेन्टर  नेपाल शान्तिनगर गाउँपालिकाको अध्यक्षमा एन.वि निर्दोशलाई चयन  हुनु भएको छ । शनिबार भएको भेलाले निर्दोशको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा प्रशान्त परियार, सचिबमा किरण कडेँल र कोषाध्यक्षमा पदमा केसीलाई चयन गरिएको छ । त्यस्तै सदस्यहरुमा शोभा विक, सुरज पुन, सदिप केसी, पार्वति  विक, सृजना घर्ती, टीका घर्ती मगर, राज विक र नन्दलाल विकलाई चयन गरिएको छ । साथै बैठकले विरबहादुर विकलाई सल्लाहकारमा चयन  गरेको छ ।
प्रेस सेन्टर दाङका संस्थापक अध्यक्ष पुरण शर्माको प्रमुख आतिथ्यता तथा माओवादी केन्द्र शान्तिनगरका अध्यक्ष नेवबहादुर रोकाको विशष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

बंगलाचुली गाउँपालिका

त्यस अवसरमा प्रमुख अतिथि शर्माले पत्रकारहरु गाउँ केन्द्रित हुनुपर्ने बताउनु भएको थियो ।
त्यस अवसरमा प्रेस सेन्टर कर्णालीका सचिब तिलक वली, दाङ जिल्ला सहसचिब दीपक बोहरा, माओवादी केन्द्र शान्तिनगरका उपाध्यक्ष खगेन्द्र शर्मा, सचिबालय सदस्य रुद्र प्रसाद देवकोटा, पार्टीका शान्तिनगर ३ का वडाध्यक्ष तथा प्रेस सेन्टर शान्तिनगरका सल्लाहकार विरबहादुर विकलगायतले पत्रकारहरुले दबेका आवाजहरुलाई उजागर गर्नुपर्ने बताउनु भएको थियो ।

। अब हरेक नागरिक पत्रकार बन्न सक्ने अबस्था रहेको भन्दै आफूले लेख्ने विषयमा गम्भीर बन्नुपर्ने बताएका थिए ।
त्यस्तैगरी उक्त कार्यक्रममा अतिथिको रुपमा  शान्तिनगर गाउँपालिका  वडा नं १ का सदस्य पुष्कर वि.क , नेकपा माओवादी केन्द्र दाङ जिल्ला सचिवालय सदस्य प्रेम बहादुर वि.क र नेकपा माओवादी केन्द्र शान्तिनगर गाउँपालकिा वडा नं १ पेदीखोला टोलका अध्यक्ष रेमन्त कुमार वि.क उपस्थिती रहनु भएको थियो   भने कार्यक्रमको सहजीकरण प्रेस सेन्टरका दाङ जिल्ला सदस्य सागर सुवेदीले गरेका गर्नु भएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्