आजको राशिफल

आज २०८१ असोज १४ गते सोमवाररको राशिफल

दाङ - आज २०८१ साल असोज १३ गते सोमबार तदनुसार सन् २०२४ सेप्टेम्बर ३० तारिख। असोज कृष्ण पक्षको त्रयोदशी तिथि। त्रयोदशी श्राद्ध। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटा ले तयार पार्नुभएको आजको फलादेशःआश्विन कृष्णपक्ष त्रयोदशी तिथि मघा नक्षत्र ,नेपालमा सूर्योदय ५ः५६ सूर्यास्त ५ः४९

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
शैक्षिक क्षेत्रमा ठिकै रहने छ । नविन ज्ञानको आर्जन हुने समय रहेको देखिन्छ । तपाईको मिहिनेतले कार्यमा निखारता छाउने समय छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
अग्रज व्यक्तिको साथ सहयोग लिदा राम्रो होला हतार बाट कार्य बाधा रहने समय छ । अरुको सल्लाह सुझाव लाई आत्मा साथ गर्दा सफलता आउनेछ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
पहिलेका सहयात्री सग नै प्रतिस्पर्धा हुनेछ । अवसर लाई चिन्ने प्रयास गर्नुहोला । काम गर्दा हतार नगर्नु । निरन्तरता बाट सोचेको कार्यमा ठिकै छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
तपाईको व्यवहार बाट अरुलाई प्रभाव पार्न सकिन्छ । मिहिनेत नै सफलताको आधार बन्नेछ । सभा समारोहमा उपस्थिति हुन सक्नेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
नयाँ सोच बिचार आउने छ । स्वादिष्ट भोजन एवम खानामा केहि परिवर्तन हुने । रमाईलो भेटघाट बढनेछ । बिगतमा रोकिएका कामहरु बन्ने समय रहेको छ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
बैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि समय उपुयक्त देखिन्छ । आफन्त तथा छरछिमेकिमा केहि असमझदारी बढने समय रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
व्यापार व्यवसाय गरेका अरुले लगानी लगाउने समय रहेको छ ।आफनो सोखको कार्यमा बढि खर्च बृद्धि   । घराँयासि आवश्यकता पुरा गर्ने दिन छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
समय र साथीहरु तथा आफन्त लाई चिन्ने प्रयास गर्नुहोला । प्रयास बाट बिस्तारै कामहरु बन्ने समय छ । रिस गर्ने व्यक्ति बाट सावधानी रहनु।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
आफन्तको साथ र सहयोग छ । सोचेको कामहरु सम्पादन हुनेछन । सामाजिक कार्यमा तपाईको तारिफ । मान, प्रतिष्ठा लोकप्रियता बढने ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
तपाईको समस्या दर्साउदा अरुको सहयोग रहनेछ । कार्यमा बाधा रहने डरले  समस्या आउला । स्वास्थ्यका लागि खानामा बिशेष ख्याल गर्नुहोला ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
प्रेम तथा मित्रतामय दिन छ । आम्दानीमा बृद्धि रहने समय छ । मिहिनेतले नाम,दाम र ईनाम कमाउन सकिन्छ । अथितिको रुपमा अगाडि बढने समय छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आर्थिक एवम आवश्यक सामाग्री जुटने छ । आफनो सोच बिचार बाट कार्यमा सफलता लिन सकिन्छ । यात्रामय समय छ । दैनिक कार्यमा ठिकै रहला ।
                      

वास्तु ज्ञान - नैर्ऋत्य कोणमा गेटे अशुभ मानिन्छ । ईशानकोणको विपरित कोण अर्थात् दक्षिण र पश्चिम जोड्ने कोणलाई नैऋत्य कोण भनिन्छ । यो कोणमा मुल ढोका छ र भित्री ढोका पनि यहि कोणमा छ भने त्यो घरमा बास गर्नेहरु मध्ये कसैले कारावास, हत्या, दुर्घटना तथा आरोप प्रत्यारोपको अपजस भोग्नुपर्दछ ।

 


 

 

 

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  ००:००
प्रतिक्रिया दिनुहोस्