आजकोे राशिफल

आज २०८१ असोज १३ गते आईतवारको राशिफल

दाङ  - आश्विन कृष्णपक्ष द्धादशी तिथि मघा नक्षत्र ,नेपालमा सूर्योदय ५ः५६ सूर्यास्त ५ः५०

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
बौद्धिकतामा सफलता छ । आफनो प्रतिभाले अरुलाई प्रभाव पार्न सकिनेछ । शैक्षिक गतिविधि ठिकै छ । सन्तान पक्ष बाट सहयोग  मिल्नेछ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
हतारले कार्यमा वाधा उत्पन्न होला  । प्रयास बाट नयाँ अवसरको सिर्जना छ । सामाजिक कार्यमा सफलता  । कृषि,जग्गा जमिन बाट  लाभ छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
आर्थिक लगानीयुक्त समय रहेको छ । पारिवारीक असझदारी बढने देखिन्छ । समय  सँग सम्झौता गर्नुपर्नेछ । परिश्रम बाट फाईदा नै रहला ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
आफन्तको साथ र सहयोग प्राप्त रहनेछ । बिगतको कार्य बाट आर्थिक लाभ मिल्नेछ । थाति रहेका कामहरु बन्नेछन । पठन पाठनमा प्रगति रहनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
नबिन कार्यको थालनी हुनेछ । स्वादिष्ट भोजनको आनन्द लिन पाईनेछ । विगतका असफलता लाई सुधार गर्ने मौका आउनेछ । आर्थिक लाभ रहनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आफन्तमा केहि असझदारी बढनेछ । प्रयास बाट बाहिरी कार्यबाट लाभ उठाउन सकिनेछ । धैर्यता बाट कार्यमा सफलता रहनेछ । खर्च अधिक रहला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
धेरै पहिले रोकिएको काम बन्ने देखिन्छ । पारिवारीक आवश्यकताको सामाग्री खरिद गर्नुपर्ने देखिन्छ । व्यावसायिक कार्यमा सफलता छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
कनै पनि काममा हात हाल्नु भन्दा पहिले  सोच बिचार गरेर अगाडि बढनु होला । बोल्दा बिचार गरि बोल्नु होला । सामाजिक कार्यमा सफलता रहनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
आफन्तको साथ र सहयोग बाट कामहरु बन्नेछन । कार्यमा सफलता रहला ।तपाईलाई धेरैले कामको प्रशंसा गर्नेछन । आफन्त सँग भेतघाट हुनेछ  ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
स्वास्थ्यमा हल्का समस्या रहनेछ । कार्यमा समस्याले केहि बाधा दिनेछ । आन्तरिक कुरा पत्ता लाग्नेछ । सहयोगि बाट कार्यमा साथ मिल्नेछ ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
तपाईको कार्यशैलीमा परिवर्तन आउनेछ । बिभिन्न भौतिक सामाग्री खरिद गर्ने समय छ । प्रेमिप्रमिका बिच सम्वन्ध  बढनेछ । व्यावसायमा लाभ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अनाबश्यक दौडधप बढनेछ । आर्थिक गतिबिधिमा सावधानी अपनाउनु पर्ला । अरुले आरोप लगाउने छन । आफना  योजना गोप्य राखेर अगाडि बढनु ।

 वास्तु ज्ञान - दक्षिणमा लहरा फुल लगाउनु । दक्षिण दिशालाई पृथ्वी तत्व र मृत्युका देवता यमको दिशा मानिएको छ । यो दिशामा शत्रुको भय र रोग लागिरहने डर हुन्छ । दक्षिण दिशामा लहरा हुने र कालो वा नीलो रङ्ग भएको सामान्य काँडा हुने भए पनि रोप्न राम्रै मानिन्छ । यो दिशामा निल, शिरीष, गुलाफ र फूलको रुपमा प्रयोग हुदै आएको धूपी,अशोक आदिका वृक्षहरु पनि लगाउन राम्रो हुन्छ ।

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  ००:००
प्रतिक्रिया दिनुहोस्