शेयर बजार ३२ अंकले घट्यो 

बिहीबार, असोज १०, २०८१

काठमाडौँ - हिजो बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ८१ अङ्कले घटेर दुई हजार चार सय ८६ दशमलव ७६ विन्दुमा झरेको छ ।

बंगलाचुली गाउँपालिका

आज उत्पादन र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज ग्रीन भेन्चर्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । नेप्से उच्च अङ्कले घटेको दिन विन नेपाल लघुवित्त कम्पनीको शेयर भने नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य बढेको छ । हिजो चार अर्ब ८१ करोडको कारोबार भएकोमा आज तीन सय २२ वटा कम्पनीका एक करोड ३६ लाख कित्ता शेयर चार अर्ब ८४ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै अपी पावर कम्पनीको ४७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १६:३९
प्रतिक्रिया दिनुहोस्