रुन्टीगढीमा विश्व रेबिज दिवस निशुल्क खोप रेबिज विरुद्धको खोप संचालन

बिहीबार, असोज १०, २०८१

रोल्पा,१० असोज -  विश्व रेबिज दिवस २०२४ को अवसरमा निशुल्क खोप तथा सचेतना कार्यक्रम संचालन गरिने चएको छ । अवरोध हटाऔ रेविज उन्मुलन गरौ भन्ने मुल नाराका साथ रेबिज रोग  नियन्त्रणका लागि कार्यक्रम आयोजना गरिएको हो ।

बंगलाचुली गाउँपालिका

रेबिज प्राणघातक रोग भएको तथा रोग संक्रमित स्तनधारी जनाबरको टोकाइबाट लाग्ने त्यस्तै यस रोग देशको बिभिन्न स्थानमा पटक पटक  देखा परिरहेको र रेबिज लाग्यो भने उपचार नहुने हुनाले समयमै  खोप लगाएर मात्र बच्न सकिने हुदा दिवसको अवसर पारेर नेपाल सरकार द्वारा निशुल्क खोप लगाउन सुरु गरिएको हो । यस रोग बाट बच्न घर पालुवा कुकुर बिरालोलाई रेजिब बिरुद्धको खोप लगाउने कुकुर बिरालो तथा अन्य जंगली जनाबरले टोकेमा घाउ साबुन पानीले सफा गरि रेबिज विरुद्धको खोप लगाउनु पर्छ । त्यसैगरि समुदायमा रहेका कुकुरहरुलाई बन्ध्याकरण गर्ने घर पालुवा जनावरलाई जथाभाबी नछोड्ने पेशागत रुपमा जोखिममा रहेका  मानिसलाई आवश्कता अनुसार प्रि एक्सपोजर खोप लगाउने गरेमा यो रोग बाट बच्न सकिन्छ ।

विश्व रेबिज दिवसको अवसरमा २०८१ असोज ६ गते देखि १२ गते सम्म निशुल्क रेबिज बिरुद्ध खोप लगाउन अभियान छ । यस अन्तरगत रुन्टीगढी गाउँपालिका पशु शाखाको आयोजनामा कुकुरलाई रेबिज विरुद्ध खोप लगाउन सुरु गरिएको छ । सोही अनुसार रुन्टीगढी गाउँपालिकाको वडा नंं ४ मा ९ गते वडा नं ८ मा १० गते वडा न १ मा ११ गते र पशु सेवा शाखा होलेरीमा १२ गते सञ्चालन गरिने भएको शाखा प्रमुख श्याममनि बि कले जानकारी दिनु भएको छ

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ०७:३४
प्रतिक्रिया दिनुहोस्