आजकोे राशिफल

आज २०८१ साल असोज १० गते बिहिवारको राशिफल

बिहीबार, असोज १०, २०८१

दाङ - आश्विन कृष्णपक्ष नवमी तिथि पुर्नवशु नक्षत्र ,नेपालमा सूर्योदय ५ः५४ सूर्यास्त ५ः५४

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
दैनिक कार्यमा ढिला छ । पे्रमिप्रेमिका तथा दाम्पत्य जीवनमा असझदारी बढनेछ । कार्यमा चुनौति रहेता पनि प्रतिस्पर्धा बाट सफलता रहनेछ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
आम्दानीमा फाईदा  रहनुका साथै  धन आर्जनका स्रोत बढनेछन । पहिलेका कमीकमजोरी लाई सुधार गर्ने समय रहेको छ । बोलिको प्रभाव बढने छ  ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
पहिलाको कार्यबाट सफलता रहनेछ । नबिन कार्यको थालनी हुनेछ । आर्थिक लाभयुक्त समय रहनेछ । रमाईलो जमघटमा स्वादिष्ट भोजनको योग रहनेछ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
कार्यमा चुनौति रहेता पनि आत्मा बिश्वास लिएर अगाडि बढनु होला । लाम्रो आम्दानी हुने कार्यमा लाग्न सकिनेछ । यात्राको तय हुन सक्नेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
अवसर प्रशस्त्रै आउनेछन तर लाभ लिन नसकिएला । प्रयासबाट नै कार्यमा सफलता  रहनेछ ।सोचे भन्दा कम आम्दानी बढि खर्चयुक्त समय रहनेछ ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
काम अनुसारको प्रतिफल मिल्न अप्ठेरो हुनेछ । आशा देखाउने र सहयोगि बाट धोका  रहला । जग्गा जमिन क्षेत्रमा सामान्य लाभ हुनेछ  ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
प्रतिष्ठा कमाउने समय  रहेको देखिन्छ । सामाजिक सेवाभाव रहनेछ । रोकिएका काम सम्पादन हुनेछन । नविन कार्यमा सफलता मिल्नेछ  ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
काममा केहि समस्या रहेता पनि मेहनत बाट सफलता रहनेछ । सहयोगिको साथ बाट कार्यमा सफलता रहनेछ  । आन्तरिक कुरा खुलासा हुनेछ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
अवसर प्राप्ती हुनाले मन प्रशन्न हुनेछ  । आफन्त तथा साथीहरुको सहयोगले कामहरु बन्नेछ । राम्रो पहिरन लगाउने कुरामा ध्यान जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
आफनो कार्यमा अरुले अधिकार लिने प्रयास गर्नेछन । अनाबश्यक आरोप लाग्न सक्नेछ  । दैनिक कारोबारोमा  साबधानी भएर अगाडि बढनुहोला ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
मान प्रतिष्ठा कमाउने समय रहेको देखिन्छ  । दिन उत्साह पूर्ण  रहनेछ । राम्रो समाचार सुन्न पाईएला । कृषि ,पशुपालन क्षेत्रमा लाभ रहनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
टाढिएका आफन्तहरु न्जिक आउनेछन । घरमा बसेर पनि धेरै कार्यहरु सम्पादन हुनेछन । आफन्त  सँग भेटघाट हुने । प्रकृतिमा रमाउने समय छ ।

 वास्तु ज्ञान : पढ्ने कोठामा सरस्वति फोटो राख्नु पर्छ । आजभोलि बच्चाको पढने  कोठामा विभिन्न फोटाहरु राख्ने चलन छ । फोटाहरु राख्दा बच्चा लाई प्रेरित गर्ने खालको  राख्नु राम्रो हुनेछ । बच्चाको पढ्ने कोठामा सरस्वति, प्रेरणादायक महापुरुष एवं गुरुजनको चित्र  राख्नुपर्दछ । स्वार्गवासी पुर्वजको  चित्रलाई दक्षिण पश्चिममा राख्नुपर्दछ ।

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  ००:००
प्रतिक्रिया दिनुहोस्