परराष्ट्रमन्त्री डा. राणा र अमेरिकी उपविदेशमन्त्री वासबीच भेटवार्ता

बुधबार, असोज ९, २०८१

काठमाडौं - परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेशमन्त्री जोन वासबीच न्युयोर्कमा भेटवार्ता भएको छ ।

बंगलाचुली गाउँपालिका

भेटका अवसरमा दुई देशबीच दशकौंदेखि रहँदै आएको सहकार्यलाई थप बलियो बनाउनेबारेमा छलफल भएको छ । भेटका अवरसरमा मन्त्री राणाले अमेरिका नेपालको आर्थिक, विकास र व्यापारिक साझेदारीका लागि महत्त्वपूर्ण भएको उल्लेख गर्नुभएको थियो । नेपाल र अमेरिकाबीच विगत ७७ वर्षदेखि निकट, आत्मीय र सहकार्यात्मक सम्बन्ध रहेको विषयमा उहाँहरूको छलफल भएको थियो ।

नेपाली नियोगका अनुसार नेपाल र अमेरिकाले दुई देशबीच प्रजातन्त्र, मानव अधिकार र स्वतन्त्रताजस्ता विषयमा साझा मूल्य मान्यता रहेको विषयमा कुराकानी भएको छ । मन्त्री राणा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकामा हुनुहुन्छ ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्