प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता

बुधबार, असोज ९, २०८१
दंगीशरण गाउँपालिका

न्युयोर्क  - संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र   सामोआका प्रधानमन्त्री फैमे नाओमी माताफाबीच आज भेटवार्ता भएको छ ।

बबइ गाउँपालिका

उहाँहरुबीच राष्ट्रसङ्घका लागि सामाओको स्थायी नियोगमा भेटवार्ता भएको हो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रमुख लोकबहादुर थापा सहभागी हुनुहुन्थ्यो ।  

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ०६:३७
प्रतिक्रिया दिनुहोस्