आजको मौसम अपडेट : पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

शनिबार, माघ २०, २०८०

काठमाडौं पश्चिमी बायुको प्रभाव नेपालमा अझै कायमै छ यसको प्रभावले सुदूरपश्चिम नेपाल तर्फ वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

बंगलाचुली गाउँपालिका

देशको पहाडी भू–भागमा आज पनि मौसम आंशिक रुपमा बदली भएको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

साँझ सुदूरपश्चिमका केही ठाउँमा हल्का वर्षाको पनि सम्भावना हरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार पनि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार कोशी, गण्डकी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  ०८:१४
प्रतिक्रिया दिनुहोस्