आजको राशिफल

आज २०८१ साल असोज ९ गते बुधबारको राशिफल

दाङ - आज २०८१ साल असोज ९ गते बुधबार तदनुसार सन् २०२४ सेप्टेम्बर २५ तारिख। अष्टमी श्राद्ध/बुधाष्टमी/गोरखकाली पूजा/जितियापर्व। विश्व फार्मासिस्ट दिवस आश्मिन कृष्ण पक्षको अष्टमी तिथि। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेश: नेपालमा सूर्योदय ५ः५४ सूर्यास्त ५ः५५

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
पे्रमिप्रेमिका तथा दाम्पत्य जीवनमा असझदारी बढनेछ । कार्यमा चुनौति रहेता पनि प्रतिस्पर्धा बाट सफलता रहनेछ । नियमित कार्यमा ठिकै ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
पारिवारीक दायित्वमा बृद्धि रहनेछ । बौद्धिकताले अवसर मिलाउने छ । आम्दानीमा फाईदा  रहनुका साथै  धन आर्जनका स्रोत बढनेछन ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
रचनात्मक कार्य गर्नेबेला भएको छ ।  रमाईलो जमघटमा स्वादिष्ट भोजनको योग रहनेछ । पहिलेका कमिकमजोरीलाई सुधार गर्ने समय छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
सामाजिक दायित्व बढनेछ । घर बाहिरका कार्य बाट सफलता रहनेछ । कार्यमा चुनौति रहेता पनि आत्मा बिश्वास लिएर अगाडि बढनु होला ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
। प्रयासबाट नै कार्यमा सफलता  रहनेछ । सर सहयोगमा धन खर्च हुनेछ । बिदेश जानेको लागि उपयुक्त समय छ । बौद्धिक क्षेत्रमा केहि बिकास हुनेछ ।
 कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
आर्थिक लाभ नहुने काममा जिम्मेवारी रहनेछ । व्यावसायमा फाईदा नै  रहला । अरुलाई प्रभावित पारेर आफनो काम बनाउने समय रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
प्रतिष्ठा कमाउने समय  रहेको देखिन्छ । सामाजिक सेवाभाव रहनेछ । रोकिएका काम सम्पादन हुनेछन । नविन कार्यमा सफलता मिल्नेछ  ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
नसोचेको ठाउबाट लाभ मिल्नेछ । घराँयसी कार्यमा बढि अलमलमा परिनेछ  । आर्थिक क्षेत्रमा अथवा लेनदेनमा सावधानी अपनाउनु होला ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
अवसर प्राप्ती हुनाले मन प्रशन्न हुनेछ  । आफन्त तथा साथीहरुको सहयोगले कामहरु बन्नेछ । राम्रो पहिरन लगाउने कुरामा ध्यान जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
भौतिक साधन सा्रेत जम्मा गर्ने वेला भएको छ । प्रयास बाट कार्यले पूर्णता पाउनेछ ।आफनो कार्यमा अरुले अधिकार लिने प्रयास गर्नेछन ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
मान प्रतिष्ठा कमाउने समय रहेको देखिन्छ  । दिन उत्साह पूर्ण  रहनेछ । राम्रो समाचार सुन्न पाईएला । कृषि ,पशुपालन क्षेत्रमा लाभ रहनेछ ।

मीन (दी,दू,थ,झ,,ञ,दे,दो,चा,ची)
कृषि तथा पशुपालन बाट लाभ नै रहनेछ । वातावरण तथा प्रकृतिमा रमाउने समय देखिन्छ । आफनो मेहनत बाट अरुलाई बढि फाईदा हनेछ ।

 वास्तु ज्ञान होटेलकोे द्धार पूर्व कोणतर्फ हुनपर्दछ । होटेलको कोठाको द्धार उत्तर,पूर्व या ईशान कोणतर्फ हुनपर्दछ । कोठाको फर्निचर,प्लङ्ग,सोफा आदिलाई दक्षिण या पश्चिमतर्फ राख्नुपर्दछ । ढोका उत्तर, पूर्व या ईशानमा राख्नाले कोठामा उत्तर या पूर्व खाली र हल्का रहन्छ साथै आउने र जानेको बाटो पनि त्यहि हुने गर्दछ ।

 

 

 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ०६:१३
प्रतिक्रिया दिनुहोस्