बंगलाचुलीमा पोषण सम्बन्धि सरोकारवालासँग छलफल कार्यक्रम सम्पन्न

आइतबार, असोज ६, २०८१

कमिरेचौर ५ असोज -  दाङको बंगलाचुलीमा पोषण मार्फत जिवन रुपान्तरण परियोजना अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति तथा सरोकारवालासँग बैठक तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । हेलेन केलर नेशन र आईडिइ नेपालबो आर्थिक तथा प्राविधिक सहयोग र वेस संस्थाद्वारा सञ्चालित पोषण मार्फत जिवन रुपान्तरण परियोजना अन्तर्गत पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समिति तथा सरोकारवालासँग छलफल सम्पन्न भएको हो । बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनको अध्यक्षतामा छलफल सम्पन्न भएको हो । समुदायमा पोषण सुधार गर्ने उद्येश्यले बंगलाचुली गाउँपालिका सहित दाङका १० वटै पालिकामा पोषण मार्फत जिवन रुपान्तरण परियोजना लागु भइसकेको छ ।

बंगलाचुली गाउँपालिका

विशेष गरेर ६ महिना देखि ५९ महिना सम्मका बालबालिकामा देखिएका कुपोषण हटउने उद्येश्यसहित उक्त परियोजनाले काम गरिरहेको बताइएको छ । पालिका भित्रका स्वास्थ्यकर्मि र स्वंमसेविकालाई क्षमता अभिवृद्धि तालिम दिइ समुदाय स्तरमा कुपोषण पता लगाई बहिरङ्ग सेवा दिइने समेत बताइएको छ ।कृषि तथा खाद्य प्रणालीमा सुधारका लागी परियोजनाले पर्याप्त सुरक्षित र पौष्टिक खानाहरूमा भौतिक र आर्थिक पहुँच बढाउनका लागी विभिन्न कार्यक्रम संञ्चालन गर्ने समेत जनाएको छ ।

कार्यक्रममा हेलेन केलरका अनिल केसि र वेस संस्थाका कार्यक्रम संयोजक सुरेश चौधरीले प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा बोल्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सिराम पुनले यो परियोजनाले बंगलाचुली गाउँपालिकामा मानविय विकासमा ठुलो भुमिका खेल्ने बताउनुभएको थियो । साथै उहाँले पालिकाभित्र कोहि पनि बालबालिका कुपोषित हुन नपर्ने बताउनुभएको थियो । गाउँपालिकाले भौतिक विकास सँगै मानविय विकासलाई पनि विशेष प्राथमिकतामा राखेको अध्यक्ष पुनले बताउनुभयो । BANGALACHULI-12-1727008725.jpg
 छलफलमा बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्त बहादुर जिसि, प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेल, ८ वटै वडा का वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखाका प्रमुख लगायत गाउँपालिकाका कर्मचारीहरु र आइडिइ नेपालका सामुदायिक परिचालक संकर चौधरी र भिष्म चौधरी लगायतको उपस्थित रहेको थियो । कार्यक्रमको सहजिकरण स्वास्थ्य शाखा प्रमुख नेब बहादुर केसिले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, असोज ६, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्