एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुगिन नेपालकी एरिका गुरुङ

शनिबार, असोज ५, २०८१

दाङ - करातेकी एरिका गुरुङले अर्को इतिहास रचेकी छन् । गएको वर्ष १९ औं एसियाली खेलकुदमा रजत जितेकी एरिका २० औं एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुगेर इतिहास रचेकी हुन् । उनले कम्तीमा रजत पदक पक्का गरेकी छन् ।

बंगलाचुली गाउँपालिका

नेपाली खेलाडी एसियन च्याम्पियनसिपको फाइनलमा पुगेको यो पहिलो पटक हो । एरिकाले प्रि–क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४–० ले हराइन् । गएको वर्ष एसियाडको फाइनलमा काजकिस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित एरिकाले यसपटक उनलाई क्वाटरफाइनलमा हराएकी थिइन् ।

महिला ६८ किलोमाथि तौलसमूहमा हिजो भएको सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई ८–० अङ्कले हराउँदै एरिका फाइनल पुग्न सफल भइन् । एरिकाले भोलि फाइनल खेल्नेछिन् ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्