अफगानिस्तानले दक्षिण अफ्रिकासँगको एकदिवसीय शृङ्खला एक खेल अगावै जित्यो

शनिबार, असोज ५, २०८१

दाङ - अफगानिस्तानले दक्षिण अफ्रिकासँगको एकदिवसीय शृङ्खला जितेको छ । तीन खेलको शृङ्खला अफगानिस्तानले एक खेल अगाडी नै जितेको हो । हिजो शारजाहमा भएको दोस्रो खेलमा अफगानिस्तान एक सय ७७ रनले जितेको छ ।

बंगलाचुली गाउँपालिका

पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा चार विकेट गुमाएर तीन सय ११ रन बनाएको थियो । तीन सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४ ओभर २ बलमा एक सय ३४ रनमा समेटियो ।

खेलको म्यान अफ द म्याच अफगानिस्तानका राशिद खान भए । पहिलो खेल अफगानिस्तानले छ विकेटले जितेको थियो । अफगानिस्तानले कुनै पनि सिनियर क्रिकेटमा दक्षिण अफ्रिकालाई हराएको यो पहिलो पटक हो ।त्यस्तैगरी  दुई टोलीबीचको तेस्रो तथा अन्तिम एकदिवसीय खेल भोलि हुनेछ ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्