टेस्लाले अमेरिकामा बिक्री गरिएका झण्डै २२ लाख गाडी फिर्ता माग्यो , देखियो चेतावनी बत्तीमा समस्या

शनिबार, माघ २०, २०८०

काठमाडौं - टेस्लाले अमेरिकामा बिक्री गरिएका झण्डै २२ लाख गाडी फिर्ता मागेको छ । चेतावनी बत्ती धेरै सानो भएकाले समस्या आएपछि गाडी फिर्ता गर्न लागिएको हो । अमेरिकी सुरक्षा नियामक निकायले अनलाइन सफ्टवेयर अपडेटका साथ गाडी फिर्ता लिनेबारे जानकारी दिएको समाचार संस्था एपीले जनाएको छ ।

बंगलाचुली गाउँपालिका

यसमा सन् २०१२ देखि सन् २०२३ को मोडल एस, सन् २०१६ देखि सन् २०२३ को मोडल एक्स, सन् २०१७ देखि सन् २०२३ को मोडल ३ तथा अरु मोडल वाई र साइबरट्रक समावेश छन् । ब्रेक, पार्क र एन्टिलक ब्रेक चेतावनी बत्तीहरूको फन्ट आकार सङ्घीय सुरक्षा मापदण्डको अपेक्षामा साना भएको उल्लेख छ ।

यसबाट महत्त्वपूर्ण सुरक्षा जानकारी पढ्न कठिन हुनसक्ने र दुर्घटनाको खतरा बढ्न सक्ने आशङ्का छ । टेस्लाले पहिला नै सफ्टवेयर अपडेट शुरु गरेको र सवारी धनीलाई मार्च ३० देखि सूचित गरिने जनाएको छ । नियमित सुरक्षा पालना अडिटपछि गाडीको समस्या जानकारीमा आएको हो ।

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  ०८:००
प्रतिक्रिया दिनुहोस्