आज राशिफल

आज २०८१ साल असोज ५ गते शनिबारको राशिफल

दाङ - आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार सन् २०२४ सेप्टेम्बर २१ तारिख। चतुर्थी श्राद्ध। आश्मिन कृष्ण पक्षको चतुर्थी तिथि। विश्व शान्ति दिवस। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः  नेपालमा सूर्योदय ५ः५२ सूर्यास्त ५ः५९

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
केहि बस्तु प्राप्त गर्ने समय छ । स्वादिष्ट भोजनको योग रहनेछ । पेटमा हल्का समस्या आउन सक्नेछ । रचनात्मक कार्यमा अगाडि बढने समय छ ।

वृष(इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
आर्थिक लगानी लगाउने समय देखिन्छ । समयलाई व्यवस्थान गर्न नसक्दा समस्या हुनेछ । छरछिमेकिमा केहि असमझदारी बढने समय रहेको छ ।

मिथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह)
कृषि ,पशुपालन, व्यवसायमा फाईदा रहनेछ । कर्मशिल समय रहनेछ  । धन खर्चमा वृद्धि पनि हुनेछ । परिश्रम अनुसार कम प्रतिफल रहनेछ ।

कर्कट(हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
भूमि,वाहन र पैतिक सम्पत्तिबाट लाभ रहनेछ । अध्ययन क्षेत्रमा समय दिन नसकिएला । तपाईको मेहनत तथा दौडधुप बाट कार्यमा सफलता रहनेछ ।

शिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
टाढाका आफन्त सँग भेटधाट हुनेछ । तपाईको काममा धेरैले साथ दिनेछन  । सहयोगिहरुले काममा साथ दिनेछन । नाम,दाम कमाउने समय छ ।

कन्या(टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
नँया काममा सुरुवात नगर्दा राम्रो होला  । आफन्त बाट धोका रहनेछ । उपलव्धि कमै  रहनेछ  ।काममा सोचे अनुसार प्रतिफल नरहन सक्नेछ ।
 
तुला(रा,री,रु,रे,रो,ता,ती,तु,ते)
आर्थिक लेनदेनमा समस्या रहनेछ । सवारी साधन प्रयोग गर्दा सावधानी रहनु होला । व्यवसायमा सोचे अनुसार फाईदा नरहन सक्ने देखिन्छ ।
 
वृश्चिक(तो,ना,नि,नु,ने,नो,या,यि,ये)
तपाईको काममा अरुले हस्तक्षेप गर्न सक्नेछन । अनावश्यक आरोप लाग्नेछ । यात्रामा समस्या आउला । अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ ।
 
धनु(य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
व्यावसायमा कम मात्रा प्रतिफल रहनेछ । शैक्षिक क्षेत्रमा सफलता रहनेछ । बौद्धिक ,क्षेत्रमा सफलता रहनेछ । सन्तान बाट साथ सहयोग रहनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
परिवार तथा आफन्त सँग आत्मीयता रहनेछ । भूमि तथा पैतिक धन बाट सफलता  रहनेछ । नयाँ काममा मन जानेछ  । कृषि बाट सफलता रहनेछ ।
 
कुम्भु(गु,गे,गो,सा,सी,सु,से,सो,द)
समाजिक कार्यमा सन्तुष्टि हुँदैन । समय अनुसार अगाडि बढदा सफलता रहनेछ  । पुरानो कामको समस्याले अप्ठरो हुनेछ  । दाम्पत्य जीवनमा समस्या छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
तपाईको बिचारले अरुलाई आर्कषण गर्ने समय  रहनेछ । आर्थिक लाभ रहनेछ  । रोकिएका कामहरु बन्नेछन । शैक्षिक क्षेत्रमा सफलता  रहनेछ ।
 


वास्तु ज्ञान : घडेरीको दुईगुना नजिक भित्र पर्ने गरी पनि देवालय हुनु राम्रो मानिदैन । घडेरीको दुईगुना नजिकभित्र पर्ने गरि कुनै पनि देवालय हुनु राम्रो मानिदैन । आँगनको बीचमा खाल्डो,नाली बनाईको,फोहोरमैला थुपाने ठाउँ हुनु नराम्रो मानिन्छ । यसैगरि प्रवेश द्धारको सामन्ने बिजुलीको खाँबो,रुख,वृक्ष,पर्खाल,नहर,चिहान हुनु रामा्रे मानिदैन ।

 

 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०६:२०
प्रतिक्रिया दिनुहोस्