प्रेस सेन्टर राप्ती गाउँपालिको प्रथम भेला सम्पन्न

प्रेस सेन्टर राप्ती गाउँपालिकाको अध्यक्षमा कुँवर

शुक्रबार, असोज ४, २०८१

दाङ - प्रेस सेन्टर नेपाल राप्ती  गाउँपालिकाको अध्यक्षमा तुलबहादुर कँवर   चयन  हुनु भएको छ । प्रेस सेन्टर  राप्ती  गाउँपालिको प्रथम भेलाले  कुँवरको अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति चयन गरेको हो  । जसको उपाध्यक्षमा छविन्द्र बुढाथोकी सचिव ईराधा झाँक्री सहसचिव सन्जुकुमारी चौधरी र कोषाध्यक्ष सुस्मिता परियार चयन हुनुभएको  छ । संगठनको सदस्यहरुमा कृति कार्की,बिनोद कुमार सोनी,विनिता गाहा मगर,दिलबहादुर सिंजाली,निश्चल सारु,ईशा परियार,लक्ष्मी कामी र अन्जिता चौधरी चयन हुनुभएको छ ।

बंगलाचुली गाउँपालिका

सम्मेलनको  उद्घाटन गर्दै  राप्ती गाउँपालिका अध्यक्ष  प्रकाश बिष्टले समाज रुपान्तरणका लागि पत्रकारिताको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।कार्यक्रमको  प्रमुख अतिथि समेत रहुनु भएका विष्टले प्रेस सेन्टरमा आबद्व हुने पत्रकारले सिमान्तकृत समुदायको पक्षमा समाचार लेख्नु पर्ने धारणा राख्नुभयो । महान सहिद कृष्णसेन ईच्छुक जस्ता  ब्यक्तिको बलिदानले मात्रै मुलुकमा गणतन्त्र स्थापित भएको  वताउँदै त्यसको रक्षा गर्न अब पत्रकारले ध्यानदिनु पर्ने  बताउनुभयो ।RAPTI1-1726846629.jpg
सो अबसरमा संगठनमा रहेर लामो समयदेखि भुमिका खेल्ने पत्रकार तथा साहित्यकार धर्मराज शर्मा बैरागी र चन्द्र खनाललाई सम्मान गरिएको थियो ।सम्मानित हुने दुबैजनालाई प्रमुख अतिथी विष्टले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । संगठनका उपाध्यक्ष छविन्द्र बुढाथोकीको  स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा माओबादी केन्द्र  राप्तीपालिका अध्यक्ष नारायण शर्मा  , प्रेस सेन्टर दाङका संस्थापक पुरणशर्मा,प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष  मानसिङ बिक,सचिव दिवाकर पोखरेल,जिल्ला सचिव जनक नेपाली ,सहसिचव दिपक बोहरा,दलित मुक्तिमोर्चा दाङका सल्लाहकार राजेन्द्र पुजाली,लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।  भेला आयोजक कमिटीका अध्यक्षता तुलबहादुर कँवरको अध्यक्षतामा भएको  कार्यक्रमको संञ्चालन ईराधा झाँक्री गर्नुभएको थियो।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  २१:२३
प्रतिक्रिया दिनुहोस्