दाङको शान्तिनगर गाउँपालिकमा रहेको श्री जनकल्याण मावि विद्यालयतर्फ तृतीय घोषणा

बुधबार, असोज २, २०८१

दाङ - दाङको शान्तिनगर गाउँपालिका वडा नं २ सिमसुन्दरपुरमा रहेको श्री श्री जनकल्याण मावि विद्यालयतर्फ तृतीय घोषणा भएको छ । राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिक्षा मन्त्रालयले श्री मावि तुलसीपुर प्रथम, काठमाण्डौको त्रिपुरेश्वरमा रहेको विश्व निकेतन मावि दोस्रो र दाङको  जनकल्याण माध्यमिक विद्यालय तेस्रो भएको घोषणा गरेको हो ।

बंगलाचुली गाउँपालिका

२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्राप्त गरेको नतिजाका आधारमा  श्री जनकल्यान माध्यमिक विद्यालय  देशभरमा तृतीय भएको शिक्षा मन्त्रालयले जानकारी दिएको छ । पहिलो हुने विद्यालयले तीन लाख, दोस्रो हुनेले दुई लाख र तेस्रो हुनेले एक लाख रुपैयाँसहित प्रमाणपत्र पाउनेछन् ।

शिक्षा दिवसको  अवसरमा मन्त्रालयले यस वर्षको उत्कृष्ट क्याम्पस, विद्यालय, विद्याभूषण, प्रविधि विद्याभूषण तथा छात्रापदक पाउनेको नाम घोषणा गरेको छ । तर आर्थिक अभाव भएकोले पुरस्कार तथा पदक वितरण गर्ने मिति भने टुङ्गो नलागेको मन्त्रालयले जानकारी दिएकोे छ । श्री जनकल्यान माध्यमिक विद्यालय

LATTER1-1726656195.jpg
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्