ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बुधबार, असोज २, २०८१

सङ्खुवासभा -  सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिका वडा नम्बर ३ नेता भीर नजिकै ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका

मृत्यु हुनेमा ट्रयाक्टर चालक खाँदबारी नगरपालिका वडा नम्बर ८ का किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।

आज बिहान खाँदबारी–किमाथाङ्का सडक खण्डको मकालु–३ भीरबाट ट्रयाक्टर खसेको र दुई जनाको घटनास्थलमै भएको उहाँले बताउनुभयो । भीरबाट खसेको ट्रयाक्टर अरुण नदीले बगाएको प्रहरीले जानकारी दिएको छ । साभार उज्यालो अनलाइनबाट

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्