सुनको मूल्य तोलामा ३ सय रुपैयाँ घट्यो, कतिमा कारोबार भइरहेको छ ?

बुधबार, असोज २, २०८१

दाङ - नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।  आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो  ।

बंगलाचुली गाउँपालिका

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघकाले जानकारी दिएको छ ।

यसअघि मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो  ।

त्यस्तैगरी आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १८९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्