सुरु भयो आजदेखि सोह्र श्राद्ध

बुधबार, असोज २, २०८१

दाङ -  प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आज (बुधवार) देखि विधिवत् आरम्भ भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।

बंगलाचुली गाउँपालिका

चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दु परम्पराअनुसार सोह्र श्राद्ध गर्ने गरिएको हो । सोह्र श्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आस गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्र श्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्