आजको राशिफल

आज २०८१ साल असोज २ गते बधवारको राशिफल

बुधबार, असोज २, २०८१

काठमाडौं -  आज २०८१ साल असोज २ गते बुधबार तदनुसार सन् २०२४ सेप्टेम्बर १८ तारिख। सोह्रश्राद्ध सुरु। आज प्रतिपदा श्राद्ध। आश्मिन कृष्ण पक्षको प्रतिपदा थिति। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। मयुर अनलाइनका लागि  ज्योतिषि ठाकुर प्रसाद देवकोटाले तयार पार्नुभएको आजको फलादेशः नेपालमा सूर्योदय ५ः५१ सूर्यास्त ६ः३

बंगलाचुली गाउँपालिका

मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
सक्रारात्मक सोचाईले कार्यमा सफलता छ । आफन्तको भनाई लाई आत्मा साथ गदै अगाडि बढनु । तपाईको परिश्रम बाट अरुलाई बढि फाईदा छ ।

वृष (इ,उ,ए,,ओ,वा,वि,वु,वे,वो)
तत्कालीन फाईदा नहुने कार्यको भूूमिका लिनु पर्ने देखिन्छ । तपाईको कमजोरीको मौका अरुले उठाउने समय छ । सामाजिक कार्यमा सफलता छ ।

मिथुन (क,कि,कु,घ,ङ,छ,के,को,ह)
तपाईको मेहनत बाट कार्यमा सफलता रहने छ । नसोचेको काम बन्ने समय छ । आफन्त तथा सहयोगिहरुको राम्रो साथ सहयोग रहने समय छ ।

कर्कट (हि,हु,हे,हो,ठा,डि,डु,डे,डो)
बिगतका समस्याहरु बेलामौकामा दोहरिन सक्ने देखिन्छ । सोचेको कार्यमा केहि बाधा रहने छ । आफनो भन्दा अरुको लागि बढि समय दिनु पर्नेे छ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
घर परिवारको साथ सहयोग बाट कार्यमा सफलता रहने समय छ । प्रेम तथा मित्रताको क्षेत्रमा सफलता रहनेछ । बोल्दा बिचार गरेर बोल्नु होला ।

कन्या (टो,प,पी,पू,ष,ण,ठ,पे,पो)
फाईदा लागि गोपिनियतामा ख्याल गर्नु होला । केहि उत्साह तथा केहि समस्यामय समय रहेको देखिन्छ । दैनिक कार्यमा ठिकै रहला ।
 
तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
आफुलाई मन पर्ने भौतिक सामाग्री जोडने समय रहेको छ । बिगतमा रोकिएका कामहरु बन्ने समय रहेको देखिन्छ । व्यापार व्यवसायमा ठिकै छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,ये)
घर परिवारको साथ र सहयोगको माध्यामबाट कार्य बन्ने समय रहेको छ । मन पर्ने भौतिक सामाग्री जोडने समय छ ।आर्थिक क्षेत्रमा ठिकै रहने छ ।

धनु (य,यो,भा,भी,भू,ध,फा,ढ,भे)
आत्मा बिश्वास बाट कार्यमा सफलता छ । लगनशीलता बाट जीवनशैलाीमा परिवर्तन छ । समय लाई व्यवस्थापन मिलाएर अगाडि बढनु ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खि,खु,खे,गा,गी)
सामान्य प्रयास बाट कार्यमा सफलता छ । तपाईको बिचार अभिव्यक्तिले कार्यमा सहयोगको भूमिका खेल्ने समय छ । दैनिक क्रियाकलाप ठिकै ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,द)
स्वादिष्ट भोजनको समय छ । रमाईलोमा समय बित्नेछ । आफनो गल्ति कमजोरीलाई सुधार गर्ने समय रहेको छ । प्रेममा सफलता रहने छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पहिलेको गल्ति लाई सुधार गरेर अगाडि बढने समय छ । घर बाहिरको कार्यमा सफलता छ । धैर्यता तथा निरन्तरता बाट कार्यमा सफलता रहने छ ।  

वास्तु ज्ञान : भूमिगत पानी ट्याङ्कीलाई उत्तर–पूर्वी कुनामा बनाउनु पर्छ । भूमिगत पानी ट्याङ्कीलाई भूखण्डको उत्तर–पूर्वी कुनामा बनाउनु । तर त्यसले उत्तर वा पूर्वको कम्पाउण्ड वालको पर्खाललाई छाएको हुनुहुदैन । यसलाई त्यस काल्पनिक रेखाबाट अलिकति टाढै राख्नु पर्छ, जसले भूखण्डको दक्षिण–पश्चिम र उत्तर–पूर्वी कुनालाई जोडछ र त्यस रेखाबाट पनि जसले भवनको उत्तर–पूर्वी कुनाहरुलाई भूखण्ड सँग जोडछ । यसलाई कहिल्यै पनि दक्षिण–पूर्व कुनामा बनाउनु हुदैन ।

 

 

 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ०६:१६
प्रतिक्रिया दिनुहोस्